काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माणाधिन इलेक्ट्रो हाइड्रोपावरको संरचना भत्किदा १२ जना श्रमिक घाइते भएका छन् । जिल्लाको भोटेकोशी गाउँपालिका ४ हिम्दीमा निर्माणाधिन हाइड्रोपावरको पर्खाल भत्किएको भोटेकोशी गाउँपालिकाका सूचना अधिकारी गंगासागर पौडेलले पुष्टी गरे ।
पालिका कार्यालय नजिकै रहेको हाइड्रोपावरको निर्माणाधिन पर्खाल भत्किएको पौडेलले सिधाकुरालाई बताए । केहीबेर अघि भएको दुर्घटनामा १२ जना श्रमिक घाईते भएको जानकारी आएको पौडेलले बताए । जसध्ये २ जनालाई पालिकाको २ वटा एम्बुलेन्समार्फत काठमाडौँ पठाईसकिएको छ । दुर्घटनामा नेपाली सेनाद्धारा उद्धार कार्य जारी रहेको भन्दै उनले बिस्तृत विवरण नआइसकेको बताए । घाइतेहरुकाे पहिचान नभइसकेकाे पनि उनले बताए ।