रुसी सेनामा रहेका थप ७ जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको युद्धका लागि भर्ना भएका ७ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि पनि सरकारले रुसी सेनामा रहेका १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो ।