सुन्धारा फुटपाथमा झडपकाे अन्तर्य : बालेन भर्सेस एमाले कार्यकर्ता

लक्ष्मण गिरी

काठमाडौँ । बुधबार रातिको करिब ९ बजे काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र महानगरका प्रहरीबीच झडप भयो । सामाजिक सञ्जालमा उपलब्ध भिडियो दृश्यअनुसार महानगर प्रहरीले महिला फुटपाथ व्यवसायीहरूमाथि निर्घात कुटपिट गरेको देखिन्छ ।

सामाजिक सञ्जालमा देखिएका दृश्यहरूमा नगर प्रहरीमाथि भएको आक्रमण खुल्दैन । तर, सिधाकुरालाई प्राप्त विवरणअनुसार सो घटनामा कुल १५ जना घाइते भएका छन् । जसमध्ये ६ जना फुटपाथ व्यवसायी छन् भने ९ जना महानगरका प्रहरी हुन् ।

सतहमा देखिएको घटना र सामाजिक सञ्जालमा भएको चर्चा हेर्दा यो घटना सडक व्यवसायीमाथि महानगर प्रहरीको ज्यादती हो । तर, अलि गहिराइमा पुगेर हेर्दा घटनामा फुटपाथ व्यवसायीले महानगरका प्रहरीमाथि पनि निर्घात कुटपिट गरेको खुल्छ । 

त्यो भन्दा अझै पर गएर नियाल्ने हो भने यो घटनामा घुसेको राजनीति देखिन्छ र  महानगरपालिकाका मेयर बालेन शाहको सफा र सुन्दर महानगरको अभियानविरुद्ध एमाले कार्यकर्ताले झिकेको बखेडा र  त्यसैलाई टेकेर भइरहेको द्वन्द्व हो भन्ने प्रशस्त आधारहरू बन्छन् । यसका लागि फुटपाथ व्यवसायी र महानगरबीच भएको सो रातको घटना र त्यसमा संलग्नहरु कोको हुन भन्ने चिन्न जरुरी हुन्छ । 

घाइते व्यवसायी एमाले कार्यकर्ता 

बुधबार राति भएको झडपमा ६ जना फुटपाथ व्यवसायीहरू घाइते भएका छन् । जसमध्ये नानीमाया बस्नेत र बद्री देवकोटा धेरै घाइते भएकाहरू मध्य हुन् । यस्तै, राधिका मैनाली, राधा गिरी, अर्जुन भट्टराई, पदम पोखरेल पनि महानगरको लाठीचार्जका कारण घाइते भएका छन् । 

घाइतेहरुले आफूहरूलाई महानगर प्रहरीबाट चरम यातना भएको भन्दै प्रहरीमाथि कारबाहीको माग गरेका छन् । उनीहरूले महानगरको धरपकडविरुद्ध बिहीबार प्रदर्शन पनि गरे । तर, सिधाकुराले गरेको खोजमा घटनामा घाइते भएकाहरू देशकै दोस्रो ठूलो दल नेकपा एमालेको मजदुर भातृ सङ्गठनका नेताहरू भएको खुलेको छ । 

वर्षौ देखि महानगरको फुटपाथमा व्यवसाय गर्दै आएका उनीहरु महानगरले फुटपाथबाट व्यवसाय हटाउने योजनाविरुद्ध उभिएका थिए । महानगरले फुटपाथबाट व्यवसाय हटाउन गरेको पटक पटकको आग्रह उनीहरूले अटेरी गर्दै आएका थिए ।

सिधाकुरालाई प्राप्त विवरणअनुसार घटनामा घाइते भएकी नानीमाया बस्नेत जीफण्टको  बागमती प्रदेश सदस्य हुन्  । उनको टाउको फुटेको छ । बद्री देवकोटा जिफन्टकै अर्को संस्था नेपाल स्वरोजगार श्रमिक संघको केन्द्रिय सदस्य हुन । उनको आँखामा चोट र जिउमा निलडाम छ । राधिका मैनाली, राधा गिरी, अर्जुन भट्टराई र पदम पोखरेल जीफण्टकै साधारण सदस्य हुन् ।  


तस्विर : दाेहाेराे झडपका क्रममा घाइते भएका बद्री देवकोटा अनि महानगरविरुद्ध प्रदशर्नमा उत्रिएकाहरु

घाइते बद्री देवकोटा आफूहरू कुनै दलको भातृ संगठनको जिम्मेवारीमा भए नभएको विषयले फरक नपार्ने बताउँछन् । ‘हामी कुनै संगठनको हो वा होइन भन्ने विषयले फरक पार्दैन । हामी गरिब किसान हौँ । के यो शहर धनीहरूको मात्रै हो र ?’, उनी प्रश्न गर्छन्, ‘हामीले यात्रुलाई अप्ठ्यारो नपारी व्यापार गरेका हौँ । हामीलाई नियतबस आएका नगर प्रहरीले कुटपिट गरे । ४ सय बढी स्वरोजगार श्रमिक त्यसको प्रतिवाद गछौँ ।’

एसपीसहित ९ महानगर प्रहरीमाथि रड र ढुंगा प्रहार 

सुन्धारा झडपलाई लिएर सञ्चार माध्यममा एकपक्षीय समाचार आएको भन्दै काठमाडौँ महानगरले घटना भएको दुई दिनपछि मात्रै आफ्नो तर्फको क्षति सार्वजनिक गरेको छ ।

महानगरले शुक्रबार आफ्ना ९ प्रहरीमाथि आक्रमण भएको खुलासा गरेको छ । महानगर प्रहरीका प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार फुटपाथ व्यवसायीले नगरप्रहरी माथि आक्रमण गरेपछि महानगर प्रहरीले त्यसको प्रतिरक्षा गरेको हो । सो झडपमा एसपी मनोज लामिछानेसहित ९ जना प्रहरीमाथि रड र ढुंगा प्रहार गरी घाइते बनाइएको छ । 

तस्विर : फुटपाथ व्यवसायीसँगको झडपमा घाइते भएका महानगर प्रहरी

‘त्यस क्षेत्रमा सडक व्यापार नगर्न हामीले गएको १ महिना अघिदेखि माइकिङ गरेर सचेत गराइरहेका थियौँ । गएको १५ दिनअघि देखि व्यापारीहरूले नगर प्रहरीलाई गाली गर्न थालेका थिए,’ प्रहरी बलका प्रमुख पाण्डेले भने, ‘बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमान्डर लामिछानेको कमान्डमा प्रहरीहरू सुन्धारा जानुभएको थियो । उहाँ पुग्ने बित्तिकै आक्रमण भयो । भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भयो । यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो ।’ कसैमाथि दमन गर्ने वा धरपकड गर्ने काम महानगर प्रहरीबाट नभएको पनि उनले दाबी गरे ।

तस्विर : फुटपाथ व्यवसायीसँगको झडपमा घाइते भएका महानगर प्रहरी

उता महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भने बुधबार जुन घटना भयो त्यस्तो नहुनुपर्ने बताउँछन् । मानन्धरका अनुसार सो क्षेत्रमा महानगरले बारम्बार माइकिङ गर्दै फुटपाथ व्यवसाय नगर्न भनेपनि व्यवसायीहरूले अटेर गरेका हुन् । ‘महानगर प्रहरीले सो क्षेत्रबाट हट्न बारम्बार माइकिङ गरेको हो । महानगर फुटपाथमा व्यवसाय गर्न नदिन कटिबद्ध छ । त्यहीअनुरूप खटिएका नगर प्रहरीसँग व्यवसायीको भनाभनपछि झडप भएको बुझिएको छ  । यसलाई महानगरले सकारात्मक तवरले लिएको छैन । जे नहुनुपर्ने थियो त्यो भयो ।’, प्रवक्ता मानन्धरले भने ।

बालेनसँग सँधैकाे जुहारी

२०७९ जेठमा काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन शाहले अवैध रुपमा निर्माण भएका संरचना र फुटपाथ व्यवसाय हटाउने निर्णय गरेका थिए । फुटपाथ व्यवसायका कारण शहरका सटरमा व्यवसाय गर्नेहरूलाई मर्का परेको र त्यस्ता व्यवसायीहरू औपचारिक करको दायरामा समेत नआएको महानगरको निष्कर्ष थियो । 

कानुनले नचिन्ने तर सरकारी सम्पत्तिमा बनेको संरचनामा निर्बाध व्यापार हुने प्रवृत्ति रोक्न महानगरले कडा नीति अघि सारेको थियो । जसअनुसार महानगरले बानेश्वर, कालिमाटी, सुन्धारा, जमल लगायतका क्षेत्रको फुटपाथ व्यवसाय हटाउन  सुरु गरेको थियो । तर, महानगरको निर्णयविरुद्ध फुटपाथ व्यवसायीहरू चरणबद्ध आन्दोलनमा उत्रिरहेका छन् । सडकमा व्यवसाय गर्नेहरुको तर्फबाट बालेनविरुद्ध उत्रिनेको नेतृत्व नेकपा एमाले निकट श्रमिक संगठन जिफण्टका नेताहरूले गरेको महानगरको आरोप छ । 

यस अघि महानगरका मेयर रहेका विद्यासुन्दर शाक्यको आडमा खुल्लमखुल्ला फुटपाथ व्यवसाय गरिरहेका उनीहरूलाई बालेनले हटाउन थालेपछि आक्रोशित भएका एक अधिकारी बताउँछन् । ‘महानगरले बल प्रयोग गर्न थालेपछि धेरै जसो मानिसहरू कि आफ्नो व्यवसायलाई व्यवस्थित गर्न लागे कि यो पेसाबाट बाहिरिए,’ महानगर स्रोत भन्छ, ‘तर, एमालेले च्यापेका सङ्गठनकै व्यापारीहरूको झुण्ड फुटपाथ प्रयोग गर्न पाउनुपर्ने भन्दै नियमित आन्दोलनमा छन् ।’

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....