काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले शहीदको बलिदानी संकल्पप्रति सम्मान व्यक्त गरेका छन् ।
शहीद दिवसका अवसरमा सभापति लामिछानेले लेखेका छन् "इतिहासको विभिन्न कालखण्डमा नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिएर देश र जनताको लागि आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात शहीद प्रति हार्दिक श्रद्धासुमन तथा श्रद्धाञ्जली अर्पण गर्दै तिनको बलिदानी संकल्पप्रति उच्च सम्मान अर्पण गर्दछु।"
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।
आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।