
काठमाडौँ । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको संसदीय सुनुवाइ विषेश समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन भएकाे हाे ।
परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो । यही मंसिर २० गते सचिवको कार्यकाल सकिदै गर्दा सरकारले उनलाई क्यानडाको राजदूतमा सिफारिस गरेको हो ।
सरकारले सिफारिस गरेपछि समितिले अनुमोदन गर्ने र तयसपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । पौडेलविरुद्ध दुई उजुरी परेका थिए ।