काठमाडाैँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकार गतिहीन भएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै बाँस्कोटाले नगरकोट सडक बनाउन नसक्ने, किसानलाई दूधको पैसा दिन भन्दै इतिहासमै नालायक र गतिहीन सरकार भएको आरोप लगाए ।
'सभामुख महोदय नबोले पनि हुन्थ्यो । बोल्नु किन पर्यो भने, मन्त्री जीहरु यहाँ छेउछाउ आएर बस्नु हुन्छ सुन्नुहुन्छ कि भनेर मैले सोध्नु पर्ने भयो । प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानु भयो र आफ्नो चालकलाई सोध्नु भयो यो बाटो यस्तो होला भनेर मैले सोचेको थिएन ,धन्न हाम्रो देशको प्रधानमन्त्री ,'उनले थपे, 'अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानु भयो । मैले पटक-पटक कुरा उठाएँ जानु भयो ? भौतिक पूर्वाधार मन्त्रीलाई चार पटक भने तर आज बाटो बन्दैन किन ? काभ्रे जिल्लाका किसानहरूले दूध बेचेको पैसा कहिले पाउँछन् ? सरकारलाई प्रश्न सोध्न चाहन्छु । प्रधानमन्त्रीको भनाई छ रामराज्य आइसक्यो । ? यही हो राम राज्य ? '
पूर्वमन्त्री बाँस्काेटाले यो भन्दा गतिहीन,नालायक र जवाफदेहिता विहीन सरकार इतिहासमा कहिल्यै नभएकाे आरोप लगाए । उनले सरकारकाे कान र आँखा दुवै नभएकाे पनि भने । उनले भने, 'कहिले सुन्छ सरकारले ? शून्य समयको के भ्यालु, सुन्या छ कि छैन, सुन्या भए...."
(यसअघि माथिकाे समाचारमा भुलबस अर्काे फाेटाे प्रयाेग भएकाेमा त्यसलाई सच्याइएकाे छ -सम्पादक)