तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएका तीन जनाको शव फेला परेको छ । शनिबार दिउँसो गएको पहिरोमा हिरा नेपाली, अनिषा बास्तोला र श्याम भण्डारी पुरिएका थिए ।
हिरा नेपालीको शव गएराथि फेला परेको थियो भने अनिषा बास्तोला र श्याम भण्डारीको शव आज बिहान फेला परेको हो ।
हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए । पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।