नेकपा माओवादी केन्द्रले आफ्नो नाम र चुनाव चिह्न नफेर्ने भएको छ। चार दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनले उक्त निर्णय गरेको हो।
४ दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशनमा सहभागीहरुले पार्टीको नामसँगै चुनाव चिह्न बदल्नुपर्ने माग गरेका थिए । तर बिहिबार जवाफ दिँदै प्रचण्डले तत्कालका लागि पार्टीको नाम र चिन्ह नबदल्ने बताउका हुन् । त्यस्तै उनले आवश्यक परे त्यसबारे पछि निर्णय गर्ने बताएका छन् ।
माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन सकिएपछि पार्टीको पदाधिकारी बैठक बसेको थियो । बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्नेमा विश्वास समेत व्यक्त गरेका छन् ।