२५ पुस, काठमाडौं । बलात्कार आरोपमा दोषी ठहर भएका राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेको सजाय आज तोकिदैंछ । पुस १३ गते जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्धामा दोषी ठहर गर्दै सजाय तोक्न २५ गते पेशी तोकिने फैसला गरेको थियो ।
काठमाडौं जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजालासले लामिछाने जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवती (गौशाला २६) को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको ठहर गरेको थियो ।