काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पूर्वमहामन्त्री डा. मुकुल ढकाल फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यबाट पनि नहटाउनुपर्ने कारणबारे स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । सचिवालय बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको हो ।
ढकाललाई ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । र एकपटक अन्तिम मौका दिने हेतुले फेरि स्पष्टिकरण सोध्ने निर्णय गरेको पार्टीले जनाएको छ ।
ढकाललाई रास्वपाले २५ असारमा महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य पदबाट हटाएको थियो ।