काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने भएको छ ।
नयाँ मन्त्रीका लागि सचिव प्रदीप यादव र रञ्जु झाको नाममा पठाइएको छ भने राज्यमन्त्रीमा हसिना खानको नाम प्रधानमन्त्री पुष्पकमल दाहाला प्रचण्डलाई पठाएको छ । जसपालाई स्वास्थ्य मन्त्रालय दिने तयार भएपनि टुंगो नलागेको बालुवाटार स्रोतले जनाएको छ ।