काठमाडौँ । सुन तस्करी प्रकरणमा माओवादी वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । कपिलवस्तुबाट पक्राउ परेका उनलाई काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।
प्रहरी महानिरिक्षक बसन्त कुँवरका अनुसार उनलाई सुन तस्करी सम्बन्धी अनुसन्धान गर्न पक्राउ गरिएको हो । सुन तस्करी सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदनले तस्करीमा महराको संलग्नता रहेको ठहर गरेको थियो ।
आइतबार गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई आयोगको प्रतिवेदन अनुसार कारबही अघि बढाउन निर्देशन दिएका थिए ।
उनी भेप मार्फत भएकाे सुन तस्करीमा संलग्न रहेकाे आयाेगले ठहर गरेकाे थियाे ।
चैत्र ५, २०८० १०:४४ मा प्रकाशित