काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
मंगलबार रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठ, सचेतक निशा डाँगी र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन् । त्यस्तै उनीहरुले सरकार दुर्घटना न्यूनीकरणमा निरिह देखिएको भन्दै सरकारलाई दबाब दिएका छन् ।
माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौँको चन्द्रागिरी र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै रास्वपाले सरकारको ध्यानाकर्षण गराएको हो।