काठमाडाैँ । चन्द्रागिरी केबलकारमा प्राविधिक समस्या आएको छ। बुधबार दिउँसो अकस्मात् रुपमा केबलकार बन्द हुँदा ७५ जना यात्रु बाक्सामै २ घण्टा थुनिएका हुन् ।
थानकोट प्रहरी वृत्तका अनुसार केबलकारमा फसेका यात्रुले फोन गरेर उद्धार माग गरेपछि प्रहरी घटनास्थल पुगेका थिए ।
केबलकार उद्धारमा खटिएका प्रहरी अधिकारीकाअनुसार दिउँसो १ बजेर २० मिनेटबाट बन्द भएको केबलकार ३ बजेर २० मिनेटपछि मात्रै सञ्चालनमा आएको थियो ।
'यात्रुबाटै फाेनबाट जानकारी भएपछि हामी घटनास्थलम खटिएका थियाैँ । चढ्ने स्टेशन नजिक फसेकालाई भर्याङ राखेर उद्धार गरियाे,' ति प्रहरी अधिकारीले भने, 'बाँकी यात्रुहरु केबलकार चलेपछि नै उद्धार भएका हुन् ।'
प्रहरीकाअनुसार केबलकारको १० वटा डब्बामा ति यात्रु फसेका थिए । उद्धार गरिएका यात्रुहरूको स्वास्थ्य अवस्था राम्रो रहेको प्रहरीले जनाएको छ ।