गण्डकी । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार दिउसो ३ बजे कास्की जिल्ला अदालतमा उपस्थित गराइएन भएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगिएका थियो । २ दिनदेखि हिरासतमा रहेका लामिछानेलाई दिउसो ३ बजे अदालत पेश गर्ने तयारी भएको कास्की प्रहरीले जनाएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम जीबि राईले गोरखामा मिडियामा ल्याइसकेपछि कार्यालय सञ्चालनकालागि लामिछानेले खर्च गरेको भन्दै उनी विरुद्ध अनुसन्धान चलिरहेको छ ।
तर रास्वपाका समर्थकहरु भने रवि लामिछानेलाई सहकारी छानबिन समितिलेनै सहकारीमा रकम अपचलनमा संलग्न नदेखिएको, गोरखामा मिडियामा आएको रकम कार्यालय चलाउन खर्च गरेको भनेर लेखेपछि पनि राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरिएको बताउँदै आएका छन् ।
लामिछाने पक्राउको विरोधमा रास्वपाले प्रर्दशन गरिरहेको छ ।