काठमाडौं । मुगलिङ नारायाणगढ सडक खण्डमा आज बिहान दुर्घटनामा परेको गाडी बोलेरो जीप भएको खुलेको छ ।
मंगलबार बिहान अन्दाजी ४ बजेतिर उक्त जीप सडक खण्डको ३ नम्बर पुलबाट त्रिशूली नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीकाअनुसार नदीमा खसेको बोलेर पिकअप अहिले पानीबाट निकालीएको छ ।
तर, दुर्घटनामा मानिस परे नपरेको अझै खुल्न सकेको छैन् । घटनास्थलमा २ जोर चप्पल पनि फेला परेको प्रहरीले जनाएको छ । तर, नदीमा गाडीसंगै कुनै मानविय क्षति हालसम्म पुष्टी नभेटिएको मुगलिङ प्रहरीले जनाएको छ ।