काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलविरुद्ध यौन दुर्व्यवहार मुद्दा दर्ता भएको छ ।
इन्द्रेणी कार्यक्रममै काम गर्ने एक महिलाले आफूमाथि पटक पटक यौन दुर्व्यवहार गरेकाे भन्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी हुन् ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार महिलाले फिराद पत्रमा कंडेलले पटक पटक यौन दुर्व्यवहार गरेकाे उल्लेख गरेकी छिन् ।