काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्षकै बढी चिसो भएको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाका अनुसार तत्काल हिउँदे वर्षाको सम्भावना भने नरहेकाले जाडो अझै बढ्न सक्ने छ ।
गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरो बढ्दो क्रममा छ । मौसमविद झाका अनुसार पश्चिम तराईका जिल्लामा पारदर्शिता ५० देखि १०० मिटरसम्म मात्रै रहेको छ । जसका कारण आन्तरकी उडानहरु समेत प्रभावित भएका छन् ।