विभिन्न कारण रिक्त रहेका २३ स्थानमा हुने उपनिर्वाचनका लागि मतदाताले नामवाली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न सर्वसाधरणलाई आह्वान गरेको हो । रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरिएको भन्दै आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न भनेको छ ।
यसअघि ०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो । त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त छ ।
आयोगकाअनुसार प्रतिनिधिसभाका लागि एक पद, प्रदेश ससभा सदस्यको एक पद, गाउँपालिका अध्यक्ष, नगरपालिका उपाध्यक्ष र गाउँपालिका उपाध्यक्ष गरी तीन पद .र बाँकी १८ पद वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैंछ ।