जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवामा जारी गरेको अनिश्चितकालीन कफ्र्युलाई चौथो दिन पनि जारी छ । धार्मिक समूहका नाममा सामाजिक सद्भाव विथोल्ने क्रियाकलाप हुन थालेपछि जिल्ला प्रशासनले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको थियो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार वातावरण अझै सन्तोषजनक नभएकाले अनिश्चितकालीन कफ्र्युलाई आज पनि निरन्तरता दिइएको हो ।
विगत चार दिनदेखिको निरन्तरको कफ्र्युले मलंगवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ। कफ्र्युको कारण सदरमुकाम मलंगवा विगत चार दिनदेखि सुनसान छ ।
गएको बिहीबार साँझदेखि मलंगवामा यातायात, बजार, पसल, कलकारखाना, सरकारी कार्यालय, होटल, स्कुल कलेज खुलेका छैनन् ।