काठमाडौँ — सीआईबीले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ गरेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई छाडेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार छाडिएकाे जनाएको छ । चौधरीमाथि किर्ते र ठगी मुद्दामा अनुसन्धान भने कायमै रहने छ ।
चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पनि छुटेकाे सीआईबीले जनाएकाे छ ।