त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेका अनुसार फलाई दुबईको विमानबाट काठमाडौँ आएका इजिप्ट र सुडानका नागरिकबाट साढे ६ किलो सुन बरामद भएको छ ।
उनीहरुले अर्धठोस अवस्थामा हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।
गएराति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरु काठमाडौं आएका थिए । चेकजाँचको क्रममा उनीहरु राति १२ः४५ बजे पक्राउ परेका थिए ।
सुन सहित पक्राउ परेको विदेशीलाई अहिले गौशाला प्रहरी वृतमा लगिएको छ । दुई दिन अघि मात्रै १४ किलो सुन बोकर आउँदै गरेको गोरखाका चन्द्र घले पक्राउ परेका थिए ।