काठमाडाैँ । हत्या, यौन शोषण जस्ता आरोमा पक्राउ परेका रामबहादुर बम्जनविरुद्धको मुद्दामा बहस सकिएको छ । स्थलमार्ग हुँदै बुधबार राती बम्जनलाई सर्लाही पुर्याएको प्रहरीले बिहिबार जिल्ला अदालत सलार्हीमा हाजिर गराएको थियो ।
अदालतमा सरकारी वकिलका तर्फबाट २ जना र प्रतिवादीका तर्फबाट ५ जनाले बहस गरेको सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले सिधाकुरालाई जानकारी दिए । त्यस्तै उनका अनुसार बिहिबारनै आदेश आउने छ ।
विभिन्न स्थानमा आश्रम खोलेर यौन शोषण जस्ता अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको र सोहीअनुरुप मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले उलनाई काठमाडौँको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।