चितवन । चितवनको सिमलतालमा लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई यात्रु बसको खोजी कार्य आईतबार पनि चिलरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका टोलीले आईतबार बिहान देखि खोजी कार्य सुरु गरेका हुन् । नदीमा पानीको सतह केही घटे पनि यात्रु बस अझै भेटिएका छैनन् ।
नेपाली सेनाको विपद् व्यवस्थापन गण आँपटाडीले समेत घटना स्थलमा ३ जना गोताखोरको सहेतले खोजी गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको चितवनको कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट १० जना गोताखोर सहितका टोलीहरुले आज चितवनको घुमाउनेबाट खोजी कार्य सुरु गरेको छ भने पानीभित्र क्यामरा पठाएर खोज्ने कार्य समेत गरिएको छ ।
सो क्यामराको प्रयोगले नदीको २० मिटर तलसम्म हेर्ने सकिने शिक्षालयका सहायक समादेशक जनक पुरीले जानकारी दिए । त्यस्तै कुरिनटार क्षेत्रमा पनि खोजी तथा उद्धार कार्यमा डुङ्गा परिचालन गरिएको छ। हालसम्म वेपत्ता ५ जनाकाे शव भेटिएकाे छ ।