काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभाव र बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा देखिएको छ । जसकाकारण आज तराईमा हुस्सु,पहाडका केही स्थानमा वर्षा र हिमालमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।