काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनै रहने गरि नयाँ सत्ता साझेदारी भएको छ ।
आइतबार राति बालुवाटारमा भएको सहमति अनुसार अब नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी(जसपा) सरकारमा जाने छन् भने नेपाली कांग्रेस, नेकपा समाजवादी सरकारबाट बाहिरिने छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालको अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने तथा जसपाका अध्यक्ष उपेन्द्र यादव बिच नयाँ समझदारी अनुसार अघि बढ्ने सहमति भएको नेताहरुले जनाएका छन् ।
बालुवाटार सहमतिपछि आज बिहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र जसपाले सचिवालय बैठक गरेका थिए । नेकपा एमालको सचिवालय बैठक पछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै नयाँ मन्त्रीहरूले सपथ लिने जनाएका छन् ।
यस्तै रास्वपाको सचिवालय बैठकले सरकारमा जाँदा मन्त्रालयले छनोटको जिम्मा सभापति लामिछानेलाई दिने निर्णय गरेको हो । गठबन्धन भत्किएपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।