मोरङमा ‘बोक्सी’ को आरोपमा एक महिलालाई मलमूत्र खुवाइएको छ । बूढीगंगा गाउँपालिका–७ मा ५५ वर्षीया महिलालाई कुटपिट गर्दै दुर्व्यवहार गरिएको हो ।
दुव्र्यवहार तथा कुटपिटमा संलग्न धामी झाँक्रीको काम गर्ने पारो माझीलाई प्रहरीले पक्राउ गरेको छ । माझीको घरबाट हराएको दियो चोरेको आरेपमा महिलामाथि दुव्र्यवहार भएको बताइएको छ । र माझीले आफ्नो तान्त्रिक विद्यामार्फत दियो चोरेको देखेको बताउँदै कुटपिट गरेको स्वीकार गरेको मोरङ प्रहरीले जनाएको छ ।