काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी लगानी सम्मेलनका लागि मुलुक राजनीतिक रुपमा पनि मुलुक एक ढिक्का रहेको बताएका छन् । सोमबार लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित सम्पादकहरुसँगको छलफलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
तेस्रो लगानी सम्मेलनका लागि मुलुकले सम्पूर्ण तयारी पुरा गरेको भन्दै मन्त्री पुनले मुलुक लगानी सम्मेलनका लागि राजनीतिक, कानुनी र लगानी वातावरण मार्फत तयार रहेको बताए ।
‘मुलुक राजनीतिक रुपमा पनि लगानी सम्मेलनका लागि एक ढिक्का छ’, मन्त्री पुनले भने, ‘लगानीको वातावरणका लागि कानुन संसोधन देखि सबै खाले सहजीकरणका लागि मुलुक तयार छ ।’
मन्त्री पुनले लगानीकर्ताले लगानीका लागि राजनीतिक र सरकारको अवस्थामा भन्दा पनि लगानी वातावरण र नाफा हेर्ने भन्दै त्यसका लागि मुलुकमा उपयुक्त वातावरण रहेको बताए । लगानी सम्मेलनका लागि जलविद्युत्, पर्यटन र सूचना प्रविधि क्षेत्र लगानीको मुल आकर्षण रहेको बताए ।