
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
थापाले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको आयोगको दावी छ ।
२०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा थापाले ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कमाएको तर उनको खर्च १३ करोड २० रुपैयाँ देखिएकोले ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ ।