मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभरको मौसम प्रतिकुल रहने छ । पहाडी क्षेत्रको मौसम सफा रहेपनि हिमाली र तराई क्षेत्रको मौसममा तत्काल सुधार नदेखिएको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पनि हिमाली क्षेत्रमा उच्च हिमपात, तराईमा हुस्सुको प्रभाव यथावत नै रहने देखिएको छ । पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । चिसो बढेका कारण यसबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
मंगलबार देखि कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।