नक्कली अफर लेटर देखाएर ५ वर्षदेखि विद्यार्थी ठग्दै भ्याली इन्स्टिच्युट, पैसा माग्दा बाउन्सर लगाउँछ

लक्ष्मण गिरी

२८ भदौ, काठमाडौं - किर्तिपुरको नयाँबस्तीमा रहेको भ्याली इन्स्टिच्युटका संचालकले दर्जन बढी विद्यार्थीको लाखौँ रकम फिर्ता नगरी फरार भएका छन् । 


भ्याली इन्स्टिच्युटबाट पीडित हुनेमध्येकी एक हुन्, महेन्द्रनगरकी इश्वरी चौधरी । विद्यार्थी भिसामा कोरिया जाने सपना सजाएर ५ वर्षअघि काठमाडौँ आएकी उनी, चाबहिलको एक कोरिएन भाषा कक्षा संचालन हुने ठाउँमा पुगिन् । जुन भाषा कक्षा किर्तिपुरको भ्याली इन्स्टिच्युट नामक संस्थाले संचालन गरेको थियो । 

उक्त इन्स्टिच्युटले उपत्यकाका विभिन्न स्थानमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ । सोही अनुरुप उनी आफूलाई पायक पर्ने स्थान किर्तिपुरको नयाँ बस्तीमा रहेको कार्यालयमा पढ्न थालिन् । 

पढ्न थालेको केही समयपछि विभिन्न चरणमा उनको इन्टरभ्यु भयो । इश्वरी छनोट पनि भइन् । इन्स्टिच्युटले अफर लेटर समेत प्रिन्ट गरेर दियो । अफर लेटर नै आईसकेपछि ईश्वरी कोरिया पुग्नेमा ढुक्क थिइन् । त्यसपछि उनलाई कोरिया जाने तयारी गर्नु भन्दै इन्स्टिच्युटले घर पठायो । केही दिनपछि इन्स्टिच्युटबाट फोन आयो, र नो अब्जेक्सन लेटर (एनओसी) बनाउनुपर्छ भनियो । ईशवरीले एनओसी पनि बनाईन् । त्यसपछि उनको प्रक्रिया पूरा भएको भन्दै रकम जम्मा गर्न भनियो । रकम जम्मा गर्न उनलाई व्यक्तिगत खाताको विवरण उपलब्ध गराईयो । 

अफर लेटरको प्रिन्ट पाईसकेकी ईश्वरीले ढुक्क भएर उक्त खातामा ८ लाख रुपैयाँ जम्मा गरिन् । उनी भन्छिन्, ‘एनओसी बनाउन बोलाउनुभयो । एनओसी बनाएपछि अब पैसा हाल्नुपर्यो भनेर फोन गरेर पैसा मगाउनुभयो । पैसा हाल्नलाई कम्पनीको नभएर व्यक्तिको खाता दिनुभयो । त्यसैमा पैसा जम्मा गरेँ । व्यक्तिको खातामा पैसा हाल्न नहुने थाहा भएन।’ 

ईश्वरीलाई इन्स्टिच्युटले रुपलाल थापा नाम गरेका व्यक्तिको खाता नम्बर उपलब्ध गराएको थियो । रुपलाल थापा, हिमाल गड्तौला र गजेन्द्र तामाङ् उक्त इन्स्टिच्युटका काउन्सिलर अर्थात सल्लाहकार हुन् । ईश्वरीले सोही खातामा सम्पूर्ण पैसा जम्मा गरिन् । 

पैसा जम्मा गरेपछि कोरिया पुग्नेमा ढुक्क भएकी ईश्वरीले केही समयपछि थाहा पाइन् कि उनलाई देखाइएको आफर लेटर नक्कली रहेछ । उनको प्रोसेसिङको लागि तयार गरिएका अन्य कागजात पनि सबै नक्कली रहेछन् । उक्त समयदेखि हालसम्म उनी आफ्नो पैसा फिर्ता माग्नको लागि निरन्तर काठमाडौं धाईरहेकी छिन् । 

इश्वरीले उनीहरुको खातामा पैसा जम्मा गरेको ५ वर्षभन्दा धेरै भइसकेको छ । तर इन्स्टिच्युटका पदाधिकारीहरु कहिल्यै उनको सम्पर्कमा आउँदैनन् । बल्लतल्ल फोन उठेपनि त्यहाँका संचालकदेखि सम्पूर्ण कर्मचारीहरु जसरी पनि कोरिया पठाउने भन्दै आश्वस्थ पार्नेतिर लाग्छन् । ‘हाम्रो गाउँ त टाढा छ भन्नेबित्तिकै आउन सकिँदैन । फोन गरेर सोध्दा, हामी जसरी पनि गर्छौँ । तपाईँहरुलाई जसरी पनि कोरिया पठाउँछौँ । ढुक्क भएर बस्दा हुन्छ भन्छन् ।’

आफ्नो पैसा फिर्ता नहुने भएपछि उनले पछिल्लो समय जिल्ला प्रहरी परिसर टेकुमा इन्स्टिच्युटका पदाधिकारीविरुद्ध ठगीको उजुरी दर्ता गराइन् । त्यसपछि भने ईश्वरीले विभिन्न चरणमा एक लाख ५० हजार पैसा फिर्ता पाइन् । बाँकी पैसा अझै फिर्ता पाएकी छैनन् । 

ईश्वरीले गाउँघरमा ब्याज ऋण लिएर पैसा बुझाएकी थिइन् । उनले पाँच वर्षको ब्याज पर्दैन, सावाँ मात्र भएपनि फिर्ता गरिदिनु भन्दा अहिले त इन्स्टिच्युटका कर्मचारीले इश्वरीलाई कार्यालय प्रवेशमै रोक लगाउने गरेका छन् ।  ‘एकदिन कक्षाबाहिर भ्याली इन्स्टिच्युटको प्रमुख संचालक सुबास राइको बाइक देखेँ । भित्र गएर भेट्नुपर्यो भन्दा रिसेप्सनबाट भित्र नै छिर्न दिइएन । तलै बस, यहिँ पर्ख सरलाई डिस्टर्ब हुन्छ भनेर भेट्नै दिएनन्’ उनी भन्छिन् ।  

५ वर्ष कोरिया पनि पठाउन नसकेको र पैसा पनि फिर्ता नपाएको गुनासो लिएर ईश्वरी हाम्रो कार्यालयसम्म आइन् । त्यसपछि हाम्रो टिम रिपोर्टिङको लागि किर्तिपुरस्थित भ्याली इन्स्टिच्युटको कार्यालय पुग्यो । त्यहाँ पुग्दा उक्त इन्स्टिच्युका कर्मचारीहरुले इन्स्टिच्युका संचालकहरु कोही पनि कार्यालय नआउने बताए । 

त्यसपछि हामी सोही इन्स्टिच्युटकै अर्को भवनमा छिर्यौँ । त्यहाँ इन्स्टिच्युटका संचालक सुवास राइलाई फेला पार्यौँ । हामी पुग्नासाथ बाउन्सर वरिपरी राखेर आफ्नो शक्ती प्रदर्शन गर्न थाले । हामीले ईश्वरीको रकम फिर्ता, नक्कली अफर लेटर लगायत विषयमा गरेको प्रश्नलाई वास्तै नगरी उनी हाम्रो प्रश्न टार्ने प्रयास गर्न थाले र केहीबेरमा त्यहाँबाट भागे । 


सो क्रममा हामीले इन्स्टिच्युटबाट पीडित बनेका अन्य विद्यार्थीहरु भेट्यौँ । ति विद्यार्थीहरुको समस्या पनि ईश्वरीको भन्दा फरक थिएन । २०१९ मा उनीहरुले बुझाएको पैसाको ब्याज बढेर कहाँ पुग्यो अत्तोपत्तो छैन तर संचालकहरु भने उनीहरुको पैसा लिएर फरार बन्ने गरेको गुनासो छ । आक्लझुक्कल कसैले भेटिहाल्यो भनेपनि संचालकहरु अनेक बहना बनाएर पन्छने गरेका छन् । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||