काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुँदै छ । बैठक बिहान ११ बजे बस्ने छ ।
प्रधानमन्त्रीसँग उत्तर खोज्दै १३ जना सांसदले प्रश्न गर्ने छन् । संसद सचिवालयका अनुसार फागुन २ गते भित्र सचिवालयमा बुझाएका प्रश्नको मात्रै प्रधानमन्त्रीले जवाफ दिने छन् ।
प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ मा भएको प्रत्येक महिनाको पहिलो साता कुनै एक बैठकको पहिलो कार्यतालिकामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको राख्ने व्यवस्था अनुसार आजको प्रश्नोत्तर राखिएको हो।
सभामुख देवराज घिमिरेले यसअघिको बैठकमा नै प्रश्नका लागि आवहन गरेका थिए ।