काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला दलको गठबन्धन बनाउन कसैले दबाब नदिएको बताएका छन् ।
कांग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृतिमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रिय सहमतिका साथ देशलाई अघि बढाउन नयाँ गठबन्धन बनाइएको भन्दै त्यसका लागि कसैले दवाव नदिएको बताएका हुन् । उनले अहिलेको गठबन्धन कसैको विरोधमा नरहेको समेत स्पष्ट पारे ।
माओवादी लगाएतका दललाई एक गरेर मुलुकको समृद्धि र बिकासमा अघि बढ्ने उनको भनाइ छ । सभापति देउवाले षडयन्त्र गरेर नभई सवैसँग सल्लाह गरेर नै संविधान संशोधन हुने जिकिर गरे ।