काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवंम सांसद चित्रबहादुर केसीले सरकारसँग रोइकराई गर्दा पनि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको समस्या सुनुवाई नभएको गुनासो गरेको छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै केसीले लोकमार्गको बिहुँ खण्ड १५ वर्षदेखि अलपत्र परे पनि सरकारले चासो नदेखाएको बताएका हुन् । केसीले पुरानो ठेक्का तोडिएपनि नयाँ ठेक्का लगाउन सरकारी उदासीन भएको बताए ।
उनले भने 'हिउँदमा धुलो र बर्खामा हिलोले त्यहाँ जनता आजित भए, मैले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा, रोइकराई गर्दा पनि सुनुवाइ भएन । सरकारले तुरुन्त ध्यान दियोस् ।'