अकुत सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
यसअघि ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अख्तियारले म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश गरेको थियो । विशेष अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएहो हो । उनीहरु दुवैजनालाई अख्तियारले गत १० माघमा विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
उनीहरुले नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, सरकारी सेवामा रहेकै बेला अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा काम गरेको र सरकारी सेवामा रहेकै बेला अमेरिकाको पीआर लिएको देखिएकाले प्रमाण नष्ट गर्नसक्ने र भाग्नसक्ने देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको थियो ।