काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोर बोक्ने सावरीका चालकलाई समाइएको भन्दै मेयर बालेन साह आक्रोसित बनेका छन् । उनले चालकहरुलाई तत्काल ससम्मान रिहा नगरे सिहदरबार लगायत सबै पार्टी कार्यालयको फोहोर नउठाउने चेतावनी समेत दिएका छन् । साथै उनले नेताहरुको घरको समेत फोहोर नउठाउने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन ।’
उनले दावी गरेकाे चालक पक्राउ पर्नुकाे कारण भने खुलेकाे छैन ।