राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका लागि नेपाली राजदूत शंकर शर्माबीच भेटवार्ता भएको छ । भारतको दुई दिने भ्रमणका क्रममा दिल्ली पुगेका राष्ट्रिय सभापति लामिछानेले त्यहाँ रहेका नेपालीको अवस्थाबारे राजदूत शर्मासँग छलफल गरेका हुन् ।
भारतमा रहेका शुभेच्छुकले आयोजना गरेका कार्यक्रममा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने र उपसभापति डीपी अर्याल शनिबार नयाँ दिल्ली प्रस्थान थिए । सो क्रममा भारतका लागि नेपाली राजदूतसँग नेपाल–भारतबीचको आर्थिक, सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउनेसहित भारतमा रहेका नेपालीको अवस्था, उनीहरूको तथ्यांक व्यवस्थित गर्नेबारे छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।
लामिछाने सोमबार बिहान नेपाल फर्किने छन् ।