बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम

विष्णु ढुंगाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २०८० असोज ४ गते सार्वजनिक सूचना जारी गर्दै देशभरिका गाउँपालिकासँग एम्बुलेन्स वितरणको लागि आवेदन माग गरेको थियो । राजधानीको स्थानीय सरकारले दूरदराजको नागरिकको सेवाको लागि बजेटको सट्टा सिधै एम्बुलेन्स दिन लागेको निर्णयको चौतर्फी प्रशंसा भयो । 


गाउँपालिकाको सजिलोका लागि गुगल सिटबाट नै आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । देशभरका  १४६ गाउँपालिकाले आफूहरूको स्थानीय तहमा एम्बुलेन्स आवश्यक परेको भन्दै आवेदन दिएका थिए । तर, महानगरसँग जम्मा ३५ ओटा एम्बुलेन्सको कोटा थियो । 

त्यसपछि महानगरले प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा बिभिन्न विभागीय प्रमुखहरू रहनेगरी एम्बुलेन्स वितरण मूल्यांकन समिति बनायो । उक्त समितिले एम्बुलेन्स वितरणका लागि गाउँपालिका छनोट गर्ने आठ आधार तय गर्यो ।

समितिले बनाएको आधारमा गाउँपालिकाको क्षेत्रफल, जनसंख्या, गाडी सञ्चालन हुने सडक सञ्जाल, राजमार्गसँग जोडिने सडकको लम्बाइ, गाउँपालिकाको ३ वर्षको आय, गाउँपालिकामा रहेको अस्पताल पुग्ने दूरी, एम्बुलेन्स भए नभएको र कार्यपालिकाबाट निर्णय भएको हुनुपर्ने लगायतका आधारहरू तय गरको थियो । 

सोही अनुसार उल्लेखित बुँदाका आधारमा महानगरको एम्बुलेन्स वितरण समितिले ३५ ओटा गाउँपालिका छनोट गर्यो । त्यसपछि महानगरले छनोटमा परेका गाउँपालिकालाई राजश्व छुट लगायतका प्रक्रिया माघ महिनाभित्र पुरा गर्न भन्यो । एम्बुलेन्स पाउने सूचीमा परेका दूरदराजका स्थानीय तहहरू प्रक्रिया पुरा गरी महानगरमा आइसकेका छन् । महानगरले एम्बुलेन्स खरिद प्रक्रिया सुरु गरेर आफ्नो पालिकाले पाएको एम्बुलेन्स लिन आउन पालिकाहरूलाई पत्राचार पनि गरिसकेको छ ।

एम्बुलेन्स वितरणको निर्णय गत सोमबारको कार्यपालिका बैठकले गर्नुपर्ने थियो । तर, सोमबार काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा स्थानीय तहका लागि वितरण गर्न लागिएको एम्बुलेन्स वितरण कार्य आकस्मिक रुपमा प्रभावित बनाइयो । 

महानगरको कार्यपालिका बैठकमा मेयर बालेन्द्र साहले प्रस्ताव नम्बर ३ मा उल्लेखित विषय प्रस्तुत गर्न महानगरकी निमित्त स्वास्थ्य विभाग प्रमुख डा. सजिना महर्जनलाई अनुमति दिए । 

प्रस्ताव नम्बर ३ मा ३५ ओटा गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरूको नाममा एम्बुलेन्स आयात गर्ने सम्बन्धी विषय थियो । महर्जनले उक्त प्रस्ताव पेश गर्छिन् । 

उनले राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले व्यवस्था गरेबमोजिम गाउँपालिकाको नाममा एम्बुलेन्स दिन नमिल्ने भएकोले स्वास्थ्य संस्थाको नाममा दिनुपर्ने पनि जानकारी गराउँछिन् । 

महर्जनले कार्यपालिकामा प्रस्ताव पेश गरेपछि बालेन केही बोल्न खोज्छन्, तर उनी अगाडि काठमाडौँ महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष एवम् महानगरका प्रवक्ता समेत रहेका नवीन मानन्धरले उक्त प्रस्तावको खण्डन गर्छन् । 

एम्बुलेन्स वितरण गरी मानवीय सेवामा समर्पित हुन खोजेको बताउँदै मानन्धरले छनोट गरिएको प्रक्रियामा अझै छलफल गर्नुपर्ने बताउँछन् । त्यसकारण उनले पास गर्नुपर्ने भन्दा पनि एकचोटी छलफल गर्नको लागि समय लिएर अर्को कार्यापालिका बैठकमा लैजानुपर्ने तर्क राख्छन् ।

‘छनोटको बुँदाहरू त्यति विश्वासिलो देखिएका छैनन् । जुन ढंगले हामीले गाउँपालिकालाई दिने भनेका थियो, उनीहरूले फेरि अर्को संस्थालाई दिने गरि निर्णय भएछ,’ मानन्धरले भने, ‘यसमा एम्बुलेन्सको कर छुटको कुरा पनि छ । एम्बुलेन्स आएपछि मात्र कर छुट हुन पर्ने थियो । अगाडि नै कर छुट भन्ने हुँदैन । त्यसकारण थप छलफल हुनुपर्ने देखिन्छ । क्षेत्रफलको आधारमा छनोट गर्दा जुन ठाउँका आवश्यक छ त्यो परेन, बाटोका कारण जहाँ आवश्यक छ त्यहाँ परेन ।’

मानन्धरको उक्त अभिव्यक्तिपछि मेयर शाहले यो विषयलाई थप विवादका रुपमा कार्यपालिका बैठकमा प्रस्तुत गर्न चाहेनन् । अर्को विषयमा कार्यपालिका बैठक प्रवेश गर्यो ।

कार्यपालिका बैठकमा नदेखिए पनि कार्यपालिकामा बहुमत रहेका कांग्रेस पालिका सदस्यहरूले मेयरलाई एम्बुलेन्स वितरण गर्नबाट रोक्न योजनाबद्ध प्रस्तावलाई अगाडि बढाउनबाट रोकेको स्रोत बताउँछ । 

सबै प्रक्रिया सकेर अन्तिम समयमा आएर एम्बुलेन्स वितरण कार्यको निर्णय नै कार्यपालिकाले नियोजित रूपमै फेल गराइदिएपछि मेयर शाह अप्ठ्यारोमा परे । 

चालु आर्थिक वर्षको ७ महिना लगाएर पुरा गर्न लागिएको कार्यक्रम आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा कांग्रेसले पुनः छनोट प्रक्रिया सुरु गर्नुपर्ने भन्ने प्रस्ताव गरेपछि यो आर्थिक वर्षमा एम्बुलेन्स वितरण कार्यक्रम लगभग टरेको महानगर स्रोत बताउँछ । 

एक अधिकारीका अनुसार महानगर भित्र मेयर शाहको लोकप्रियतालाई रोक्न कांग्रेसले कार्यपालिकामा नियोजित घेराबन्दी गरेको छ । 

‘वडामा बहुमत १९ जना वडा सदस्य रहेको कांग्रेसले अहिले काठमाडौँले अन्य पालिकालाई वा आन्तरिक रुपमा गर्ने कुनै पनि काम महानगरले गर्ने भन्दा पनि बालेनले गर्ने भन्दै भइरहेको प्रचारप्रति तीब्र असन्तुष्टि प्रकट गरेको छ,’ महानगर स्रोत भन्छ, ‘अहिले वितरण गर्ने एम्बुलेन्स महानगरले दिने नभई बालेनले दिने भनेर गाउँ गाउँमा बालेन क्रेज बढ्छ । यसो गर्न किन दिने भन्ने पक्षमा महानगरका कार्यपालिका सदस्यहरुको मत देखिएको छ । एम्बुलेन्स वितरण जस्तो पवित्र कार्यमा यस्तो नगरेको भए हुने ।’

कार्यपालिका बैठकबाट एम्बुलेन्स वितरणसम्बन्धी निर्णय हुन नसकेको महानगरकी निमित्त स्वास्थ्य विभाग प्रमुख डा. सजिना महर्जनले सिधाकुरालाई बताइन् । ‘वितरण हुने प्रक्रिया सकिएको छ । खरिदको कार्य भइरहेको छ । थप छलफल गर्नुपर्छ भन्ने भएपछि बैठक निर्णयमा पुग्न सकेन,’ उनले भनिन्, ‘सम्भवत अर्को बैठकमा यो निर्णय हुनसक्छ ।’

यो आर्थिक वर्षमा नभए अर्को वर्ष हुन्छ : नवीन मानन्धर

एम्बुलेन्स वितरण सम्बन्धी प्रस्ताव कार्यपालिकाले यसै वर्ष पास गर्नुपर्ने छ । महानगरको कार्यपालिका बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले उक्त प्रस्ताव थप छलफल आवश्यक भएको बताएका थिए । सिधाकुरासँगको कुराकानीमा उनले गाउँपालिका के कसरी छनोट भए भन्नेमा अनभिज्ञता प्रकट गरे । ‘समिति बनेको थाहा छैन । आफैँ बनेको समिति हो । कसैबाट अनुमोदित समिति होइन ।’ मानन्धरले भने, ‘थप छलफल गर्नुपर्ने देखियो । एकपटक गहिरो अध्ययन गरेर निर्णय गरौँ भन्ने हो ।’ 


यही आर्थिक वर्षमा एम्बुलेन्स वितरणको प्रक्रिया सकिएला रु भन्ने प्रश्नमा मानन्धरले भने, ‘यो आर्थिक वर्षमा नसकिए अर्कोमा सकिन्छ । अलिअलि ढिला भएर के फरक पर्छ ?’

एम्बुलेन्सको पखाईमा विकटका गाउँपालिका

महानगरले एम्बुलेन्स वितरणको लागि रसुवाको आमाछोदिङमो गाउँपालिकालाई पनि छनोट गरेको थियो । एम्बुलेन्स लिनका लागि काठमाडौँ महानगरले खबर गरेपछि आफ्नो तर्फबाट सबै प्रक्रिया पुरा गरेको उक्त गाउँपालिकाका अध्यक्ष बुचुङ लामाले बताए । हामीले एम्बुलेन्स वितरणको प्रस्ताव त महानगरबाट पास भएन नी भनेर सुनाउँदा उनले केही खिन्न हुँदै भने, ‘हामीलाई महानगरले एम्बुलेन्स वितरणको लागि हाम्रो गाउँपालिका छनोट भएको खबर पठाएको छ । हामी त महानगरले दिने एम्बुलेन्स पर्खिरहेका छौँ ।’ 

तामाङका अनुसार आमाछोदिङमो गाउँपालिका निकै विकट छ । ‘बिरामीलाई अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएका घटना थुप्रै छन् । एम्बुलेन्स भए समयमै अस्पताल लैजान सकिन्थ्यो ।’ तामाङले भने । 


महानगरका प्रतिनिधिहरुले छनोट प्रक्रिया सही भएन भनेर पुनः छलफल गर्नुपर्ने भनेका छन् । 'पुनः छलफल गर्दा तपाईँको गाउँपालिका छनोटमा परेन के गर्नुहुन्छ ?' भन्ने प्रश्नमा तामाङले निराशा व्यक्त गरे । 

प्रतिक्रिया

  • Sagar 6 months ago
    Rabiko puchhar na paro yo tori pani
  • जगन्नाथ कार्की 6 months ago
    समाचारको हेडिङ्ग नै पुर्वाग्रही छ !

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....