काठमाडाैँ । नारायणगढ मुगलिङ सडक खण्डको सिमलतालमा पहिरोले हराई रहेको बस खोज्न आएका भारतीय टोली फर्किएका छन् ।
बस र यात्रुको खोजिको लागि साउन ४ गते भारतका राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ चितवन आएका थिए । सशस्त्र प्रहरी बलका बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारका सुरक्षाकर्मी र भारतबाट आएका टोलीले सयुक्त रुपमा घटनास्थल सिमलताल देखि केराबारी देवघाट शिवघाटसम्म खोजी गरेका थिए । भारतीय टोली ल्याएको सोनार र म्याग्नेट डीभाईसले खोजी गर्दा पनि बस फेला पार्न नसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले खोजीको क्रममा २ वटा पोईन्टमा भारतीय टोलीले शंका गरेको र अव सो स्थानहरुमा नेपालका सुरक्षाकर्मीहरुले खोजी कार्यलाई निरन्तरता दिने बताए ।
उनले हाल सम्म २४ शब फेला परेकोमा १९ वटा शबको मात्र सनाखत भएको ५ वटा शवको सनाखत हुन नसकेको जानकारी दिए । अझै ४३ जना यात्रु हराइरहेको उनले बताए । काठमाडौँबाट गौर र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस सिमलतालमा पहिरोले बगाउदा त्रिशुली नदीमा हराएको थियो ।