काठमाडाैँ । डा. गोविन्द केसीले पुनः अनशन सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै उनले २२ औँ पटक आमरण अनशन सुरु गरेका हुन् ।
सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध गरेको र युद्ध अपराधमा संलग्न भएकाले प्रचण्ड प्रधानमन्त्री पदमा बस्न अयोग्य रहेकाले राजीनामा दिनुपर्ने मागसहित उनले आमरण अनशन सुरु गरेका हुन् । केसीले विभिन्न ३ बुँदे मागसहित पशुपति क्षेत्रमा अनशन सुरु गरेका हुन् ।
उनले राखेका ३ बुँदे माग यस्ता छन् :
१. सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा । निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस् ।
२. सबै नेपालीलाई गुणस्तरीय साथै निशुल्क औषधी उपचारको व्यवस्था गरियोस् ।
३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सवैको समान पहुँच सम्बन्धी–गेटामा तुरुन्त प्रतिष्ठान संचालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज÷प्रतिष्ठान तुरुन्त निर्माण गर्न , विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि उच्च शिक्षा ऐन र एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि ऐन तुरुन्त पारित गर्न लगायत सवै सम्झौताहरु कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठहन्याएका व्यक्तिहरूलाई कारवाही गर्न माग गरिन्छ।