संसदीय समितिले कम्पनी र बैङ्किङ कानुन नबुझ्दा रविलाई दिइएको सास्ती

दिल गुरुङ

काठमाडौँ । निकै लामो बबण्डरबीच बनेको सहकारी छानविन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि नेपाली राजनीतिमा एक खाले तरङ्ग ल्याइदिएको छ । नेपाली काँग्रेसको माग बमोजिम गठन गरिएको छानविन समितिले बुझाएको प्रतिवेदनले एक पाटोलाई निस्तेज गरेको छ भने अर्को विवादको पाटोलाई सतहमा ल्याएको छ।

काँग्रेसको माग बमोजिम सहकारी संस्थाको रकम अपचलनमा रविको प्रत्यक्ष संलग्नता छ भनेर किटानका साथ भनेको विषयलाई भने समितिले अस्वीकार गरेको छ । यसमा समितिले स्पष्ट रुपमा भनेको छ, 'रवि कुनै पनि सहकारीकाे सदस्य नभएको, आफूले माग फारम भरेर कुनै सहकारी संस्थामा ऋण नलिएको ।'

यस विषयमा भने रविलाई सफाइ दिइएको छ । बरु, रवि कार्यरत पूर्व संस्था गोर्खा मिडियामा सहकारी संस्थाबाट अनधिकृत रुपमा प्रवाह भएको ऋण, गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशकको हैसियत खर्च गर्नमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता देखिएको भन्दै समितिले प्रचलित कानुनअनुसार कारबाहीको सिफारिस गरेको छ । गोर्खा मिडियामा विभिन्न सहकारी संस्थाबाट करिब ६५ करोडभन्दा बढी रकम गैरकानुनी रुपमा प्रवाह भएको समितिको प्रतिवेदन देखाएको छ । 

त्यही गोर्खा मिडियाको खातामा भएको ६५ करोड रकम खर्च गर्दा चेकमा रविको हस्ताक्षर देखिएको भन्दै समितिले कारबाहीका लागि सिफारिस गरेको थियो । 

प्रतिवेदनअनुसार गोर्खा मिडियाको खाताको रकम मध्ये ४० लाख रकममा जीवीको हस्ताक्षर छ भने अरु चेकमा रविको हस्ताक्षरबाट रकम प्रवाह भएको देखाइएको छ । यसैको आधारमा जीबी, छवि र रविलाई कारबाहीका लागि समितिले सिफारिस गरेको देखिएको छ । आखिरमा चेकमा हस्ताक्षर गर्दैमा रवि दोषी हुन त ? अबको चर्चाको विषय यो बन्न पुगेको छ । आज यसैको पेरीफेरिमा रहेर चर्चा गरौँ । 

अब विवादको विषय भनेको गोर्खा मिडिया र रवि, छवि र जीबी हो । यसैलाई छलफलको विषय बनाऔँ । सबैभन्दा पहिलो यो गोर्खा मिडिया को हो ? यसको चर्चा गरौँ ।

गोर्खा मिडिया नेपालको कम्पनी ऐन २०६३ बाट स्थापित भएको एउटा कानुनी हैसियत प्राप्त एउटा व्यक्ति हो । नेपालको कानूनले एउटा व्यक्तिको रुपमा परिभाषित गरेको छ ।

व्यक्ति हुन उसका शरीरका विभिन्न अंगहरु हुनुपर्छ । तर, कानूनद्वारा स्थापित व्यक्तिमा मानिसको जस्तो अङ्ग हुँदैन । कानूनी व्यक्तिमा मानिसको जस्तै अङ्गले काम गर्नका लागि शेयरधनी, सञ्चालक समिति, प्रबन्ध निर्देशक लगायत विभिन्न पदको सिर्जना गरिएको हुन्छ । त्यसलाई नै कम्पनीका अङ्ग भनिन्छ । अब गोर्खा मिडियालाई तिनै सञ्चालक समिति, शेयरधनी लगायत विभिन्न पदमा कार्यरत व्यक्तिले कम्पनीलाई सञ्चालन गर्दछन् ।

कानूनी हिसाबमा भन्नुपर्दा कुनै पनि संस्थामा कार्यरत विभिन्न पदका कर्मचारी कम्पनीका वारेस हुन् । कम्पनीमा भएका शेयरधनी मध्येबाट सञ्चालक समिति गठन गरिएको हुन्छ । त्यहि सञ्चालक समितिले प्रबन्ध निर्देशक लगायत अरु विभिन्न पद सिर्जना गरी त्यसमा विभिन्न व्यक्तिहरु नियुक्ति गरेका हुन्छन् ।

अब यसरी बुझौँ, गोर्खा मिडियाको नाक, कान, आँखा, टाउको तथा मुटु भनेकै सञ्चालक समिति, शेयरधनी तथा विभिन्न पदका विभिन्न व्यक्तिहरु हुन् । यति भएपछि अब बल्ल कम्पनीले सार्थक रुप लिन्छ र चल्छ । कम्पनी ऐनमा स्पष्ट के व्यवस्था गरिएको छ भने ऐनद्धारा स्थापित संस्थाले संस्थाको कारोबार तथा गतिविधि गर्दा संस्थाको नामबाट गर्नुपर्दछ । त्यसरी कारोबार गर्दा संस्था नै जिम्मेवार हुन्छ । 

व्यक्तिको नामबाट कारोबार गर्न पूर्णरुपमा बन्देज गरेको छ । अब ति सञ्चालकहरु, शेयरधनी तथा अरु कर्मचारीले संस्थाको हितका लागि मात्र काम गर्नु पर्दछ । आफ्नो व्यक्तिगत हितका लागि काम गर्न पाउँदैनन् । ति संस्थामा काम गर्ने सञ्चालक समिति, शेयरधनी तथा अन्य पदाधिकारी दायित्व सीमित गरिएको हुन्छ ।

कम्पनीका शेयरधनीको दायित्व सीमित हुने हुँदा कुनै पनि कम्पनीको पछाडि प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड लेखिएको हुन्छ । प्रालिमा १०० जनाभन्दा बढी शेयर धनी हुँदैनन् भने लि.मा धेरै जना शेयर धनीहरु हुन्छन् । 

कम्पनी सञ्चालनका लागि अबको महत्वपूर्ण पाटो भनेको बैंक खाता हो । बैंक खाताबिना सम्भवत: कम्पनी चल्न पनि सक्दैन । बैंक तथा वित्तिय संस्थाको साधारण नियमअनुसार कम्पनीको खाता खोल्दा कम्पनी स्थापना ताका पेश गरिएका विभिन्न विवरणका साथै खाता सञ्चालनका लागि खातामा हस्ताक्षर गर्ने व्यक्तिको  विवरण पनि सँगसँगै बुझाउनुपर्छ । कम्पनीको तर्फबाट बैंकका खाता खोल्दा महत्वपूर्ण पाटो कम्पनीको प्यान, भ्याट प्रमाणपत्र, कम्पनी रजिष्टर कार्यालय दिएको प्रमाणपत्र, नियमावली तथा प्रबन्धपत्र तथा कम्पनीको छापका पनि बुझाउनुपर्छ ।

साथै, खातामा कसको हस्ताक्षर चलाउनी हो भनेर कम्पनीका सञ्चालन समितिले फलानो फलानोको हस्ताक्षर चल्ने भनेर निर्णय गरेको माईन्यूटको विवरण पनि बैंकमा बुझाउनुपर्छ । अनि बल्ल बैंकले व्यक्तिको नाममा नभई कम्पनीको नाममा बैंक खाता सञ्चालन गर्न अनुमति दिन्छ र संस्थाकै नाममा चेक जारी गर्दछ । बैंक खाता सञ्चालन गर्दा क-कसको हस्ताक्षर चल्ने भन्ने कुरा सञ्चालक समिति निर्णयमा निर्भर पर्छ । त्यसैको उदाहरण हो रबि लामिछाने ।

गोर्खा मिडियाको खाता सञ्चालन गर्दा जीबी, छवि र रबि मध्ये कुनै एकको हस्ताक्षर मिले पनि भुक्तानी हुने गरी खाता सञ्चालन गरिएको थियो । त्यसमा रविको हस्ताक्षरबाट बढी रकम प्रवाह देखिएपछि अहिलेको बबण्डर मच्चिएको हो । खाता सञ्चालन गर्दा बैंक तथा वित्तीय संस्थाले चेकमा हस्ताक्षरसहित कम्पनीको छाप अनिवार्य गरिएको हुन्छ । चेकमा हस्ताक्षर मिले पनि चेकमा छाप छैन भने भुक्तानी हुँदैन । 

छाप भनेको कानुनी हिसावमा भन्नुपर्दा कम्पनीको अनुहार हो । रविको हस्ताक्षर भएका करोडौंका चेक गोर्खा मिडियाको खाताबाट काटिएका चेक हुन् ।

त्यो रविको व्यक्तिगत खाताबाट काटिएको चेक होइनन् । अब ति काटिएका चेकको सम्पूर्ण दायित्व गोर्खा मिडियाको हो । रबि लामिछानेको होइन । जीबी, छवि र रबि त केवल गोर्खा मिडियाको कानुनी भाषामा भन्नुपर्दा एक हिसावले वारेसमात्र हुन् । 

अब त्यत्रो रकमको चेक रबि एक्लैको हस्ताक्षरबाट भुक्तान भयो होला त ? यो पनि आम जनमानसमा सोचनीय विषय हो । हामी सोझो हिसाबमा खातावालाको चेकमा हस्ताक्षर मिल्यो अनी भुक्तानी भै हाल्यो भन्ने सोच्छौँ । हो पनि, व्यक्तिगत खातामा चाहिँ हस्ताक्षर मिल्यो भने भुक्तान हुन्छ ।

तर, कम्पनीको खातामा खातावालाको हस्ताक्षर मिल्यो तर कम्पनीको छाप छैन भने भुक्तान हुँदैन । कम्पनीको चेकबाट भुक्तानी हुनका लागि खाता सञ्चालकको हस्ताक्षरसहित कम्पनीको छाप अनिवार्य गरिएको हुन्छ ।

अब भन्नुस्, त्यो चेकमा कति जनाको हस्ताक्षर थियो ? के रविको मात्र हस्ताक्षर थियो त ? पक्कै पनि थिएन । रविको हस्ताक्षरसहित कम्पनीको छाप थियो । बिना छाप चेकबाट भुक्तान भयो भने बैंक जिम्मेवार हुनुपर्छ । 

अब हामीले के कुरा प्रष्ट रुपमा बुझ्न जरुरी छ भने बैंक खाता गोर्खा मिडियाको हो । त्यसमा भएको रकमको सम्पूर्ण जिम्मेवारी गोर्खा मिडिया कै हुन्छ । त्यसमा हस्ताक्षरकर्ताको कुनै जिम्मेवारी हुँदैन ।

हरेक कारोबार गोर्खा मिडियाको तर्फबाट गरिएको हुन्छ र गर्नुपर्छ । त्यसमा व्यक्तिगत रुपमा जीबी, छवि र रबि कसैको पनि जिम्मेवारी हुँदैन । चेक हस्ताक्षरकर्तालाई दोषी देखाउनु गलत देखिन्छ ।

बैंक खाता कसको हो ? व्यक्तिगत होकी संस्थागत हो ? त्यसको बारेमा छानबिन समिति मौन बसेको देखिन्छ । यदि गोर्खा मिडियामा कम्पनीको नाममा खाता नखोली ति तिनै जनाले व्यक्तिगत रुपमा खाता सञ्चालन गरेको भए, खर्च भएको दायित्व तिनै जनाले बोक्नु पर्छ । तर, संस्थाको चेकबाट कारोबार भएको छ भने ति तिनै जना कसैले पनि उक्त दायित्व बोक्नु पर्दैन । त्यसको जिम्मेवारी संस्थाले बहन गर्नुपर्दछ । 

छानबिन समितिले चेकमा रविको मात्र हस्ताक्षर देख्यो सायद कम्पनीको छाप देखेन । अथवा देखेर पनि बुझ पचायो, अथवा बबण्डर मच्चाउनका लागि महत्वपूर्ण भूमिका खेल्यो ।

चेकमा छापसहित हस्ताक्षर भएपछि मात्र भुक्तानीका लागि योग्य मानिन्छ । यसमा हामीले महत्वपूर्ण पाटो भनेको छापलाई भुल्नु हुँदैन । कम्पनीको खाताबाट भएको भुक्तानीमा कम्पनी जिम्मेवार हुन्छ, व्यक्ति जिम्मेवार हुँदैन । कम्पनी वा संस्थाको चेकमा छापको महत्वपूर्ण भूमिका हुन्छ । कम्पनीले बैंक तथा वित्तिय संस्थालगायत अरु स्थानमा आफ्नो उपस्थिति जनाउने भनेकै छापबाट हो ।

छाप नै उसको पहिचान र परिचय हो । यसको अर्थ र महत्व छानबिन समितिले बुझ्न सकेन । अथवा बुझेर पनि बुझ पचाएको जस्तो देखिन्छ । अब चेकमा रविको हस्ताक्षरबाट पैसा निस्कियो अब यसलाई डस्न पर्छ भने जस्तो देखियो । चेक कुन कम्पनीको हो, छाप थियो कि थिएन, कम्पनीको चेक भएपछि को जिम्मेवार हुन्छ भन्ने कुरा भुलेको देखियो ।

हस्ताक्षर त केबल खाताको सुरक्षाका लागि लगाईने साँचो हो । त्यो साँचो कम्पनीले चाहेको बेलामा परिवर्तन गर्न पनि सक्छ । अब गोर्खा मिडियाद्धारा सञ्चालन गरिएको खातामा गोर्खा मिडिया नै अनुसन्धानको दायरामा आउँछ, अरु कुनै शेयरधनी अनुसन्धानको दायरामा आउँदैनन् ।

जस्तो एउटा सामान्य उदाहरण कुनै एउटा कम्पनीले राजश्व दाखिलामा गढबढी ग¥यो भने सरकारले त्यो कम्पनीलाई समाउँछ, त्यसको शेयरधनीलाई समाउँदैन । गढबढी गरेको राजश्व कम्पनीले तिर्नुपर्छ, शेयरधनीले तिर्नुपर्दैन । यसका लागि उदाहरणबाट यसरी प्रष्ट पार्न सकिन्छ ।

केही समय अगाडि काठमाडौँमा महानगरपालिकाले बजार अनुगमनको क्रममा चौधरी ग्रुपद्वारा उत्पादित वाईवाई चाउचाउमा अखाद्य पदार्थको मात्रा बढी देखिएको भन्दै महानगरपालिकाले चौधरी गू्रपलाई २ लाख रुपैयाँ जरिवानामा तिराएको थियो । यसमा हामीले सोचौं, किन महानगर प्रमुख बालेन्द्र साहले विनोद चौधरीलाई जरिवाना तिराएनन् । 

एउटा सोचनीय प्रश्न, गोर्खा मिडियाको चेक, मानौं छाबिन समितिका सभापति सूर्य थापाको नाममा जारी भयो । त्यो चेकमा रबि लामिछानेको हस्ताक्षर सहित कम्पनीको छाप छ ।

अब उनले चेक सटहीका लागि बैंकमा जाँदा खातामा प्रर्याप्त मात्रामा ब्यालेन्स नभएका कारण चेक बाउन्स भयो भने उनले अब कसलाई चाहिँ मुद्दा दायर गर्लान् त ? गोर्खा मिडियालाई कि रबि लामिछानेलाई ?

अब चेकमा रविको मात्र हस्ताक्षर थियो भन्ने कुरा कदापि स्वीकार्न सकिन्न । त्यसमा महत्वपूर्ण पाटो भने गोर्खा मिडियाले आफ्नो उपस्थिति छाप मार्फत जनाएको हुन्छ । सामान्यतयाः कम्पनी सञ्चालन गरेका व्यक्तिले यो कुरा राम्रोसँग बुझेका हुन्छन् ।

संसदीय छानविन समितिले भने यसलाई बुझ्न सकेन । केबल रविको एकल हस्ताक्षरमा मात्र रटान कसेर यो प्रतिवेदन लेख्यो र रबिलाई यो बबण्डरको भूमरीमा हालिदियो ।

काँग्रेसलाई हट केकको लागि एउटा विषयवस्तु बनाइदियो । जसले कम्पनी ऐन र बैकिङ प्रणाली राम्रोसँग बुझेका छन् । उनीहरुका लागि यो सामान्य विषयवस्तु हो । तर, खेदो खन्नका लागि यसैलाई विषयवस्तु बनाउनेलाई चाहिँ केही भन्न पनि सकिन्न । 

रबिले ति चेकमा हस्ताक्षर प्रबन्ध निर्देशकको हैसियतले गरेका थिए । प्रबन्ध निर्देशकको काम, कर्तव्य र अधिकारलाई कम्पनी ऐनमा स्पष्ट रुपमा व्याख्या गरिएको छ । चेक हस्ताक्षर गर्नु रबिलाई ऐनले दिएको अधिकारभित्र नै पर्दछ । सरकारले बनाईदिएको ऐनलाई उसले पालन गरेको हो । यदि उसले ति चेकमा हस्ताक्षर नगरेको भए उसलाई फेरि अर्को केश लाग्छ सक्छ ।

खातामा प्रर्याप्त मात्रामा मौज्दात हुँदा हुँदै पनि कम्पनीले सञ्चालनमा असहयोग गरेको, कर्मचारी तथा विभिन्न भेन्डरहरुलाई भुक्तान नदिई कम्पनीलाई क्षति पु¥याएको भनेर उसलाई सञ्चालक समितिले अर्को केश लगाउन सक्छ । सरकारले नै तोकिदिएको परिधिभित्र नै बसेर काम गर्दा गर्दै पनि सजायको भागिदार बन्नु पर्ने रु यो कस्तो खालको विडम्बना हो । 

अब कम्पनी सञ्चालन गर्दै गर्दा सिर्जित हुने अरु दायित्व शेयर धनीमा सर्दैन । यो मनोगणन्ते कुरा होइन, कम्पनीले ऐनले भनेको कुरा हो । उदाहरणका लागि, यदि तपाईले कुनै कम्पनीको शेयर किन्नु भयो, मानौं ५००० हजारको शेयर किन्नु भयो भने तपार्ईको दायित्व त्यही ५००० मात्र हो, अरु हुँदैन । कम्पनी सञ्चालन गर्दै गर्दा कम्पनी घाटामा गयो भने तपाईको त्यही ५००० हजार मात्र जान्छ, अरु तपाईको खल्तीबाट हाल्नु पर्दैन । 

अब प्रश्न उठ्छ, बैंक तथा वित्तीय संस्थाले कम्पनीलाई कसरी ऋण दिन्छ त रु त्यो ऋण कसरी असुल उपर हुन्छ त रु कम्पनीका लागि ऋण प्रवाह गर्दा वित्तिय संस्थाले ति कम्पनीका कुनै सञ्चालक तथा कुनै शेयरधनीको जमानतमा मात्र ऋण प्रवाह गर्छन् । त्यस्तो अवस्थामा वित्तीय संस्थाले ति जमानत दिने व्यक्तिबाट आफ्नो ऋण असुल उपर गर्छ । जमानत नदिने शेयरधनीले भने उक्त दायित्व बहन गर्दैन ।

अर्को पाटो, ६५ करोड भारी रबिले बोक्नु पर्छ भनेर जुन बबण्डर मच्याउन खोजिएको छ, यो जतिको मजाकको विषय अरु कुनै पनि हुन सक्दैन । कम्पनी ऐन जानेका लागि भने यो सामान्य विषयवस्तु हो । नजान्ने र खेदो खन्नेका लागि भने दिन काट्ने मेलो हो । कानुनी हिसावमा पनि रबिले गोर्खा मिडियासँग आफ्नो नाता सम्बन्ध टुटाएका छन् ।

अब गोर्खा मिडियासँग उसको कुनै साइनो छैन । जुन दिनसम्म उ गोर्खा मिडियामा बस्यो त्यो बेलासम्म उसको दायित्व हुन्छ । कानुनी रुपमा छोडेर आएपछि उसको गोर्खा मिडियासँगको नातासम्बन्ध टुट्यो र अब आउने कुनै पनि दायित्व उसले बहन गर्नुपर्दैन । 

यही कुरा कम्पनी ऐनले पनि राम्रोसँग व्याख्या गरेको छ । कुनै कम्पनीका शेयरधनी कम्पनी छोड्दा, आफ्नो दायित्व राम्रोसँग फरफारक गरेर लिनुदिनु केही छैन भनेर विदावादी भएर निस्किए पछि उसले कुनै पनि दायित्व भविष्यमा बहन गर्नु पर्दैैन । 

यो धनराजको जस्तो रविको नक्कली डिभोर्स होइन । सक्कली डिभोर्स हो । धनराजले संसद भवनमा भनेका थिए, डिभोर्स भएपछि मैले पूर्व श्रीमतीकाे दायित्व बोक्नु पर्दैन भनेर, यो कुरा गगन थापाले बिर्सिएको जस्तो लाग्यो । यो सँगसँगै अरु पनि पछि पछि लागे ।  

जुन कम्पनीसँग अहिले रबि लामिछाने कुनै पनि नातासम्बन्ध नै छैन त्यही विषयलाई सुगा रटान लगाएर खेदो खन्न लागेका छन्, त्यो त एउटा पागलपन मात्र हो । नेपाली उखान छ नि ‘के निहुँ पाम खट्टे खाम’ भने जस्तै हो ।

प्रतिक्रिया

Sidhakura Investigation

कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||

  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||

  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||

Current Affairs

सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः....

  • सरकार निरकुंश भयो, न्यायलयमा हस्तक्षेप नगरोस्ः रास्वपा नेताहरु || SIDHAKURA ||
  • पोखरामा रास्वपा नेता कार्यकर्तामाथी सरकारको दमन || SIDHAKURA ||
  • रास्वपाको आन्दोलनमा घुस पैठ गर्ने को ? प्रर्दशन दबाउने प्रहरी प्रयास ||....
  • अदालतको ढोकाबाट रविको उद्घोष: केपी ओली मुक्त देश बनाउन अन्तिम पटक जुट्नुस्....
  • हिरासतमा रविलाई भेटेर फर्किए पछि उपसभापति डिपी अर्याल र सहप्रवक्ता प्रतिभा रावल....
  • रवि पक्राउको विरोधमा उर्लियो पोखरा || SIDHAKURA ||
  • रवि लामिछाने पक्राउपछि पोखरामा रास्वपा नेताहरुको सामूहिक गर्जनः म_र्न तयार छौँ ||....
  • रवि लामिछाने पक्राउका विरुद्ध पोखरामा विरोध प्रदर्शन || SIDHAKURA ||
  • पोखरा हिरासत छिर्दै गर्दा रविले के भने ? || SIDHAKURA ||
  • स्थलगत:रवि लामिछानेलेलाई पाेखरा लैजादाँ बाटाेमा जे देखियो ||RABI LAMICHHANE|| SIDHAKURA ||
  • रविलाई लैजान प्रहरीले गरायो राजमार्ग नै बन्द || SIDHAKURA ||
  • रवि भन्छन्ः पक्राउपुर्जीमा साइन गरेको हातले एकदिन भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन....
  • रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ || SIDHAKURA ||
  • ‘रविविरुद्ध प्रतिसोध साँध्न पाइँदैन’ : विपक्षी दलका नेताहरु || SIDHAKURA ||
  • अमेरीकामा नेपालीको दसैँ । Dashain of Nepalese in America. || SIDHAKURA ||
  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....