कलंकी ट्रेड सेन्टरमा १०० जनाको एक अर्ब ठगी

विष्णु ढुंगाना

काठमाडौँ । गोरखाका मानबहादुर श्रेष्ठ (नाम परिवर्तन) काठमाडौँको न्यूरोड क्षेत्रमा होलसेल व्यवसाय गर्छन् । न्यूरोडको भिडभाड  र साँघुरोका बीच उनले झण्डै २० वर्ष देखि जसो तसो अप्ठ्यारोमै व्यापार गरे ।

बि.स.२०७२ सालको भूकम्पपछि उनी अब यस क्षेत्रमा जति नै व्यापार भए पनि बिजनेस गर्न नसकिने मनस्थितिमा पुगे । फराकिलो क्षेत्र र बिजनेस पनि हुने क्षेत्रको खोजीमा रहेका उनलाई कलंकी डेभलपर्स प्रालिका कर्मचारीहरुले एक दिन भेटे । 

नाम चलेका बैंकर्स तथा हाउजिङ व्यवसायी नरेन्द्र बज्राचार्य (प्राइम कमर्सियल बैंकका सञ्चालक एवम् कम्फर्ट हाउजिङ), घर तथा बिजनेस कम्पलेक्सहरुको डिजाइनरमा अर्को ख्यातिप्राप्त व्यक्ति राजेश कृष्ण श्रेष्ठ (वास्तुकला परामर्श), होटल तथा घर जग्गामा आक्रामक लगानी गरिरहेका व्यवसायी शान्तिरमण पँगेनी (रमडा होटल) लगायतका ६ जना ठूला व्यवसायी मिलेर कलंकीमा ठूलो व्यापारिक कम्प्लेक्स बनाउन लागेको योजना सुनाए । ३८७ जनाका लागि ब्यापारिक सटर हुने भनिएको कम्पलेक्समा लगानी गर्नेलाई ललापुर्जा दिने र स्थायी रुपमै उक्त सम्पत्ति सटर किन्नेको हुने आर्कषक योजना सुनाइयो । 

योजना राम्रै भए पनि श्रेष्ठले घर परिवारमा सल्लाह गरेर आफूले थप निर्णय गर्ने सुनाए । घर परिवारमा सल्लाह भयो । कंलकी चोकको राम्रो ठाउँमा बन्ने बिजनेस सेन्टरमा लगानी गर्न उनीहरु राजी भए ।

उनीहरुले ६ वटा सटरका लागि कम्पनीसँग करार सम्झौता गरे । सटरको मूल्य २८ लाख देखि ४४ लाख रुपैयाँसम्मको थियो । सबै सटरको गरेर श्रेष्ठ परिवारले ६ वटा सटरको कुल लागत कुल २ करोड ६० लाख तिर्नु पर्ने भयो । उनले परिवारका विभिन्न व्यक्तिका नाममा लिएको सटरका लागि सुरुमा २ लाखका  दरले प्रतिसटर धरौटी र बाँकी किस्ता ८ प्रतिशतका दरले तिर्दै जाने सहमति भएको देखिन्छ । यो घटना २०७३ साल असोजको हो । 

०००

गोरखाका प्रदीप देवकोटा पेशाले इन्जिनियर हुन् । काठमाडौँ महानगरपालिका २९ मा बस्ने उनलाई छिमेकीले एकदिन कलंकी ट्रेड सेन्टरबारे कुरा गरे । त्यहाँ लगानी गर्दा भविष्यमा राम्रै हुन्छ भन्ने छिमेकीको कुरा सुनेपछि उनी पनि छिमेकीसँगै कलंकी डेभलपर्सको कार्यालयमा पुगे । कार्यालयका कर्मचारीहरुले खुबै राम्रो योजना सुनाए । देवकोटा कर्मचारीहरुको मात्रै कुराले विश्वस्त भएनन् । 

उनले डेभलपर्सहरुसँग भेट्ने इच्छा गरे । अर्को दिन कम्पनीले डेभलपर्सहरु भएकै बेलामा उनलाई बोलायो । ‘डेभलपर्सहरु निकै नाम चलेका बैंक वित्तिय संस्थाको नेतृत्व गरेका देखि होटल र घरजग्गा कारोबारमा अब्बल मानिएकाहरु थिए,’ देवकोटा भन्छन् ‘कलंकीका खसि बजारमा अर्को परियोजना पनि बन्दै गरेको योजना थाहा पाएपछि २ वटा सटर किन्नका लागि करार गरेँ ।’ मेरो दुईवटा सटरको मूल्य ३८ लाख र ४१ लाख गरी कुल ७९ लाखको थियो । देवकोटाले सबै किस्ता बुझाए । कहिलेकाँही बाटो पर्दा निर्माणाधिन भवन पनि पुग्थे । उनी भन्छन् ‘कलंकीको सेन्टरमा २ वटा सटर राम्रै भाडामा चलाउन मात्रै सकियो भने अर्को पुस्ताले पनि खासै दुःख गर्न पर्दैन थियो भन्ने सोचले ऋण र सरसापटी गरेर लगानी गरेँ । अहिले आफू ठगिएको थाहा पाएँ ।’ 


श्रेष्ठ र देवकोटा त प्रतिनिधि पात्र मात्रै हुन् । कलंकीमा बिजनेस ट्रेड सेन्टर बनाउने भन्दै एकसय बढी जनासँग सो समूहले करिब एक अर्ब बढी उठाइएको पीडितहरुको दाबी छ ।  ८ तले भवनमा ३८७ वटा सटर, पार्किङदेखि छतमा मल्टिप्लेक्स हलदेखि फुडकोर्टसम्मका लागि भन्दै सो समूहले पैसा उठाएको उनीहरुको दाबी छ । 

‘आफूहरुले जग्गा किनेको, अब लगानीकर्ताहरुबाट संकलन भएको रकमबाट २०७५ सम्म भवन बनाएर लगानी र सम्झौता अनुसारको सटर हस्तान्तरण गर्ने भन्ने सर्त थियो,’  एक लगानीकर्ताले भने, ‘तर, हामीसँग उठाएको पैसाले आफूले जग्गा किन्दा गरेको लगानी फिर्ता लिएछन्, अनुमानित लागत हिसाब गरेर नाफा र बोनस वितरण गरेछन् र भवन बनाउन उल्टै बैंकबाट ऋण लिएछन् ।’ 

पीडितहरुका अनुसार २०७३ सालमा सुरुको बुकिङ गर्न २ लाख र त्यसपछि सम्झौता गर्दा कुल लागतको १० प्रतिशत र बाँकी १४ किस्तामा २०७५ असारसम्म तिरीसक्नुपर्ने र भवन निर्माण सकेर लालपुर्जा सहित सटर कबोल हस्तान्तरण गरिदिनु पर्ने थियो । 

सुरुमै २ लाखका दरले पहिलो बुकिङकै नाममा कम्पनीका सञ्चालकहरुले २ करोड बढी रकम उठाएको पीडितहरुको दाबी छ । तर, महिना बिते, साल बिते २०८०  लाग्दा पनि उनीहरुले भवन हस्तान्तरण गरेनन् । ‘कहिले कोभिड भने, कहिले अर्थतन्त्रमा संकट आयो भने’ लगानीकर्ता भन्छन्,‘ कहिले हाम्रो जग्गा बिक्री भएन भने ।’ 

२०८० असारमा लगानीकर्ताहरुको एउटा समूहले सञ्चालकहरुलाई घेरेर सटर हस्तान्तरण गर्ने समय अवधि तोक्न र सम्झौता गर्न माग गरे । जसअनुसार २०८१ असारसम्म सो सटरहरु लालपुर्जासहित लगानीकर्तालाई हस्तान्तरण गर्ने सम्झौता कम्पनीले ग¥यो । एक लगानीकर्ताकाअनुसार एक वर्षको समय घर्किन थाल्दा त सञ्चालकहरु नै सम्पर्कबिहिन भए ।

‘उनीहरु हाम्रो फोन नउठाउने, कार्यालयमा नआउने गर्न थाले,’ उनी भन्छन्,‘चार तलाबाहेक अन्य ठाउँ बनेको पनि छैन । त्यहाँ रहेको कम्पनीको कार्यालयका कर्मचारीहरु अनविज्ञता मात्रै प्रकट गर्छन ।’ 

पटक पटकको सम्झौता कार्यन्वयन नभएको भन्दै  उनीहरुले तत्काल ठोस निर्णय नआए कानुनी उपचार खोज्ने चेतावनी पनि दिए । पसल धनीको चेतावनीपछि असार २ गतेका लागि सञ्चालकहरुले बृहत भेलाको आयोजना गरे । तर, छलफल डाकिएको दिन नजिकिएसँगै निर्माण कम्पनीका सञ्चालकहरुले आफूहरुले आन्तरिक छलफल गर्नु परेको, कयौँ दायित्वहरु पुरा गर्न पर्ने भन्दै भेला स्थगनको सूचना कम्लेक्समा टाँस गरियो । कम्लेक्स निर्माणको काम भइरहेको भन्दै साउनबाट लालपुर्जा वितरण गरिने सूचनामा उल्लेख छ । 

सञ्चालकहरुले आलटाल गरिरहेको बेला पसलमा लगानी गरेकाहरुले उक्त भवन बैंक लिलामीमा पर्न थालेको खबर सुने । एक लगानीकर्ताका अनुसार ग्लोबल आइएमई बैंकमा भवन नै धितो राखेर ऋण लिएको र बैंकले ब्याज समेत नतिरेको भन्दै लिलामीका लागि ताकेता गरिरहेको पत्ता लाग्यो । ति लगानीकर्ता भन्छन्, ‘हामीसँग उठाएको पैसाले नै भवन बनिसकेर नाफा हुने अवस्था थियो । उल्टै बैंकबाट करोडौं ऋण लिएर खाएछन् ।’

हाल आधा मात्रै निर्माण सम्पन्न भएको भवनमा केही पसलहरु स्वतस्फूर्त आएर बसेका छन् भने अन्य स्थानमा सर्वसाधारणका लागि गफ गर्ने र पिसाब फेर्ने स्थलको रुपमा भवन भएको छ ।

 विश्वासमा परेर गरेको लगानीमा धोका भएपछि आफूहरु प्रहरीको शरणमा पुगेको फरक फरक १३ जना पसलमा लगानी गरेका लगानीकर्ताहरुले सिधाकुरालाई बताए । कसैगरी पनि सञ्चालकबाट समस्या समाधानमा पहल नभएपछि आफूहरु असार पहिलो साता जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुमा ठगीसमबन्धी जाहेरी दर्ता गराएको बताउँछन् । 

पीडितहरु मध्ये १३ जनाले आफ्नो कुल १३ करोड ७३ लाख ५२ हजार २५६ रुपैयाँ ठगी गरेको आरोपमा जाहेरी दिएका थिए । पीडितहरुको जाहेरीपछि कलंकी ट्रेड सेन्टर (केटीसी) ठगी प्रकरणमा हाउजिङ व्यवसायी नरेन्द्र बज्राचार्यसहित ६ जनालाई सञ्चालकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । 

प्रहरीकाअनुसार उनीहरुमाथि विश्वास घात गरेर उक्त रकम ठगीको आरोपमा जाहेरी दर्ता भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीकाअनुसार पक्राउ पर्नेहरुमा डभलपर्स कम्पनीका अध्यक्ष नरेन्द्र बज्राचार्य र सञ्चालकहरु राजेशकृष्ण सिंह श्रेष्ठ, शान्तिरमण पंगेनी, निरञ्जन कुमार श्रेष्ठ, राजु मर्हजन र चिरञ्जिवी पौडेल रहेका छन्।

 

जिल्ला प्रहरी कार्यालय काठमाडौँले आइतबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो,’ प्रवक्ता अधिकारीले भने,‘ उनीहरुमाथि हालसम्म परेको जाहेरी र दाबी अनुसार १३ करोड रुपैयाँ बढी ठगीको आरोप छ ।’ अन्य मानिसहरु पनि ठगिएको भन्दै सम्पर्कमा आएका छन् ।’ 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ३ दिन म्याद थप गरिएको पनि प्रवक्ता अधिकारीले बताए । सिधाकुराले गरेको स्थलगत अनुगमनमा कलंकी ट्रेट सन्टर (केटीसी) का भुइँ तल्ला र पहिलो तल्लाबाहेकका अन्य तल्लाहरुका अधिकांश संरचना निर्माण सकिएको छ ।

सटरहरु बनिसकेका छन् भने भ¥याङ र लिफ्टहरु पनि तयारी अवस्थामा छन् । तर, बनेको संरचना बैंक धरौटीमा फसेका कारण सञ्चालकहरुले सो पसल कबुल लगानी गर्नेलाई दिन नसकेको देखिएको छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....