दशैँ सकिएसँगै सहर फर्किन्छन् सन्तान, हराउँछ गाउँको रौनक

सिधाकुरा

गलेश्वर । शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरी लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको छ ।

तर, वास्तविकता त्यस्तो कहाँ छ र । गाउँको रौनक यहाँका युवाहरुसँगै बाहिरिएको छ । वयोवृद्ध मात्र गाउँमा छन् । दशैँ मनाउन गाउँ आएका पनि आआफ्नो कार्यक्षेत्र फर्किसकेका छन् । उनीहरुसँगै गाउँको रौनक फेरी हराएको छ । दशैँमा आएकाहरु सहर फर्किएपछि दिनभरी चिरबिर गर्ने चराहरु साँझ आफ्नै गुँडमा फर्किएझैँ गाउँ सुनसान भएको छ ।

उमेरले ८६ वर्ष पार गरेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए । पोखरामा बसोबास गर्ने छोराबुहारी दसैं पछि फर्केपछि फेरी उनी एक्लै भएका छन् । श्रीमतीको मृत्यु पछि एकल जीवन जिउँदै आएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कमी छैन । एउटै कमी भनेको आफ्ना सन्तानको साथमा नहुनु हो । उसो त छोरा बुहारीले आफूसँगै पोखरामा बस्न कर गर्दछन् तर उनी आफ्नो थातथलो छोडेर पोखरा जान सक्दैनन् ।

मनबहादुरकै जस्तो अवस्था छ सोही गाउँका ८७ वर्षीय खड्गबहादुर घिमिरे, ८९ वर्षीय बेदप्रसाद उपाध्याय, १०१ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि । उनीहरुका सन्तान कोही वैदेशिक रोजगारीमा छन् भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन् ।

अध्ययन, रोजगार तथा विभिन्न कामले सहरी क्षेत्र बस्दै आएकाहरु दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै धमाधम फिर्न थालेपछि गाउँ सुनसान बन्न थालेको मंगला गाउँपालिका–२ रणबांगका हरिकृष्ण पौडेलले बताए । “केही दिन गाउँघरमा निकै रमाइलो भयो । देश विदेशका आफन्तहरुसँगको भेटघाटले दिन बितेको पत्तै भएन”, उनले भने, “दसैं सकिएसँगै गाउँ आएकाहरु फर्किन थाले । हेर्दाहेर्दै त्यति रमाइलो गाउँ फेरि विरक्तलाग्दो भयो ।”

म्याग्दीका छ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा धान, कोदो भित्र्याउने समय भएको छ । गाउँमा मानिसहरु खासै छैनन् । कृषिमा जनशक्तिको अभाव भएपछि जमिन बाँझै राख्न किसान बाध्य छन् । बेनी नगरपालिका–२ का नारायण सापकोटा भन्छन्, “दसैँको समयमा गाउँमा जत्तिको रमाइलो कहीँ भएन । दसैं सकिएसँगै गाउँ खाली भयो । अहिले गाउँमा युवा पुस्ता देख्नै मुस्किल छ । बूढाबूढी र बालबालिकाबाहेक अरू देखिँदैनन् ।”

गाउँका अधिकांश पोखरा, काठमाडौँ, बुटवल, चितवन, बेनीलगायत ठूला सहरमा बसाइँ गएको धौलागिरि गाउँपालिका–७ ताकमका हेम सुवेदीले बताए । गाउँमै गुणस्तरी शिक्षा, स्वास्थ्य र सञ्चारको राम्रो सुविधा भए बसाईँ जाने क्रम घट्ने मालिका–२ की मीना पुनको अनुमान छ ।

एक दशक अघिसम्म मालिका–५ देवीस्थान गाउँमा खेतीपाती गरेरै जीवन निर्वाह गर्ने धेरै थिए । अचेल हुने खानेहरु सबै बजार झर्न थालेको देवीस्थानका टेकबहादुर बूढामगरले बताए । धेरैको रोजाइ सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमाराले भरिएको उनको भनाइ छ ।

सदरमुकाम बेनीसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधार र अवसरको कुनै कमी छैन । यहाँ व्यापार व्यवसायदेखि कृषि, पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावना छन् । तर यहाँका अनेकौं सम्भावनाप्रति स्थानीय युवाहरुको रुची छैन । युवाहरु अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायतका मुलुक पुगेका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब, कतार, युएई पुगेका छन् । बचेका युवाहरु सहरतिर छन् । दसैं मनाउन जापानबाट पाँच जना आउँदा गाउँको रौनक बेग्लै भएको स्थानीय सुनिल थापाले बताए ।

नौ वर्ष जापान बसेर गाउँ फर्किनुभएका थापा अहिले गाउँमै व्यवसाय गरेर बस्नुभएको छ । उहाँसहित १२ जना युवाहरु मात्रै हाल गाउँमा छन् । ती मध्ये सात जना वैदेशिक रोजगारीका लागि जाने तयारीमा छन् । गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका वृद्धवृद्धाहरुको सङ्ख्या दुईसय भन्दा बढी छ । महिला र बालबालिकाहरु छन् ।

“गाउँ वृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु देखिँदैनन् । मर्दापर्दा, दुःख विमार हुँदा खै खबर गर्ने मान्छे गाउँमा छैनन्”, ७४ वर्षिय टेकबहादुर कार्कीले भने ।

विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ रहेको छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसंख्या एक लाख १३ हजार छ सय ४१ थियो । पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ ।

पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० रहेको छ । यसैगरी परिवारको औसत आकार तीन दशमलव ७१ प्रतिशते छ भने लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ०३ प्रतिशत छ । जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास छ । वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेकोमा ‘माइनस’ शुन्य दशमलव ५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ ।

जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्यातर्फ कुल परिवार संख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये पुरुष आठ हजार नौ सय ६१ र महिला १८ सय पाँच रहेका छन् । रासस

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||

  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....

Current Affairs

रवि पक्राउको विरोधमा उर्लियो पोखरा ||....

  • रवि पक्राउको विरोधमा उर्लियो पोखरा || SIDHAKURA ||
  • रवि लामिछाने पक्राउपछि पोखरामा रास्वपा नेताहरुको सामूहिक गर्जनः म_र्न तयार छौँ ||....
  • रवि लामिछाने पक्राउका विरुद्ध पोखरामा विरोध प्रदर्शन || SIDHAKURA ||
  • पोखरा हिरासत छिर्दै गर्दा रविले के भने ? || SIDHAKURA ||
  • स्थलगत:रवि लामिछानेलेलाई पाेखरा लैजादाँ बाटाेमा जे देखियो ||RABI LAMICHHANE|| SIDHAKURA ||
  • रविलाई लैजान प्रहरीले गरायो राजमार्ग नै बन्द || SIDHAKURA ||
  • रवि भन्छन्ः पक्राउपुर्जीमा साइन गरेको हातले एकदिन भ्रष्टाचारीलाई जेल हाल्ने फाइलमा साइन....
  • रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ || SIDHAKURA ||
  • ‘रविविरुद्ध प्रतिसोध साँध्न पाइँदैन’ : विपक्षी दलका नेताहरु || SIDHAKURA ||
  • अमेरीकामा नेपालीको दसैँ । Dashain of Nepalese in America. || SIDHAKURA ||
  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’