विदेश हिँंड्न लागेका युवामाथि सरकारको बन्दुक र लाठी

विष्णु ढुंगाना

ओभरसियर पढेर सकेका दैलेखका २३ वर्षे सुजन राउत कोरिया जाने दौडमा थिए । दैलेख महाबु गाउँपालिका–६ रानिवनका स्थानीय भक्त बहादुर राउत र नन्दकुमारी कटवाल राउतका जेठा छोरा सुजन २ महिनादेखि काठमाडौँ बसेर इपीएस परीक्षाको तयारी गरिरहेका थिए । ब्रेन ट्युमरले गत बर्ष बाबुको मृत्यु भएपछि परिवारको भविष्य सुजनको काँधमा थियो । 


सुजनका मामा यमराज कटुवलकाअनुसार नेपालमा कसैगरी पनि काम नपाए पछि सुजन रोजगारीका लागि कोरिया जाने तयारीमा थिए । ‘भान्जाले ३ वर्षे ओभसियर पढेर नेपालमा रोजगारीका लागि धेरै प्रयास गरे तर काम पाएनन्’ मामा कटुवालले बिक्षिप्त हुँदै सिधाकुरासंग भने, ‘तर, भान्जा घरको जेठो छोरा, आमा भाई बहिनिको भविष्यका लागि हिंडेका सुजन कोरिया जाने पहिलो खुड्किलो उक्लिनै पाएनन् । काठमाडौंमै अस्ताएको खबर आयो ।’

सुजनको मृत्युको खबरले रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ । घरमा सुजनको आमा, र भाइ बहिनि छन् । मामा कटुवालकाअनुसार घर धान्ने घरको जेठो छोराका बारेमा अप्रिय अखबर सञ्चार माध्यामबाट आएपछि आमा नन्दकुमारी अर्धचेत अवस्थामा छिन् ।        

शुक्रबार दिउँसो करिब १२ बजे झडपमा परी घाइते भएका उनलाई उपचारको लागि किस्ट अस्पताल लगिएको थियो । अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । त्यसपछि मेडिकल टिमले सिपिआर गरे पनि सफल नभएपछि सवा १ बजे मृत घोषणा गरिएको थियो । उनको छातिमा निल डाम देखिएको छ ।

शुक्रबार मध्यान्न गाउँकै एक मानिसको मृत्युमा मलामीमा थिए अछाम चौरपाटी गाउँपालिका एकका टेक बहादुर शाह । एक्कासी काठमाडौँबाट उनलाई कसैले सम्पर्क गरेर सुनायो बालकुमारीमा भएको प्रहरीसँगको झडपमा छोरा बिरेन्द्रको ज्यान गयो । 

कमजोर आर्थिक अवस्थाका कारण भारतमा मजदुरी गर्ने टेकबहादुरले ऋण धन गरेर घरको कान्छो छोरा बिरेन्द्रलाई पढाएका थिए । 

आफ्नो जीवन भारतमै मजदुरीमा बितेको देखेपछि छोरा बिरेन्द्रले बाबुलाई परिवारको आर्थिक बोझ टार्न र परिवारलाई उकास्न कोरिया जाने योजना बनाएका थिए । छोराको निधनको खबरले बिक्षिप्त बुबा टेकबहादुरलाई उदृत गर्दै चौरजहारी एकका वडा अध्यक्ष बीरबहादुर थापाले भने, छोराको मृत्युको खबरपछि बुबा टेक बहादुर आमा दुर्गादेवी, दाजु र भाउजू भावविह्वल छन् । गरिबी र अभावले पिल्सिएको घरको उद्धार गर्छु भन्थ्यो । आफँै अस्तायो भन्दै बुबा आमा छाति पिटेर बिलौना गरिरहेका छन् ।’ 

वडा अध्यक्ष थापाका अनुसार खासै खेतिपाती नहुने र पिउने पानीको समेत अभाव रहेको गाउँका अधिकाशं मानिस आर्थिक रुपमा बिपन्न छन् । कोदो, मकै जस्ता प्रमुख बालीबाट मात्रै खान नपुग्ने भएपछि बिरेन्द्रका बाबु पनि मजदुरीका लागि भारत छिरेका थिए । 

छोराले कोरिया जाने तयारी गरीरहेकोमा खुसी भएका बुबा बिरेन्द्र एक महिना अघि मात्रै गाउँ आएको थापाले बताए । गाउँमा सबैको प्यारो बिरेन्द्रको निधनले सिंगो गाउँ नै शोकमा डुबेको वडा अध्यक्ष थापाको भनाई छ । 

देशमा अवसर नभएको भन्दै युवाहरु देश छोड्न तछाड मछाड गरिरहेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म नेपालबाट कामको खोजीमा विदेशिने युवाहरुको संख्या ७१ हजार २०६ सय पुगेको छ ।

देशको शिथिल अर्थतन्त्र, बेरोजगारी र बितृष्ण राजनीतिबाट बाहिरिएर घर र परिवारको सपनाका लागि श्रमको खोजीमा कोरिया जान तयारी गरेका युवाहरुको यस्तै समूहमाथि शुक्रबार राज्यबाटै निर्घात कुटपिट र बल प्रयोग हुँदा २ जना युवाले ज्यान गुमाए भने ७ युवा घाइते भएका छन् । 

बालकुमारीमा किन भयो तनाब ?

नेपालले सन् २००८ देखि जीटूजी अर्थात् सरकार–सरकारबीचको समझदारीअन्तर्गत ईपीएस प्रणालीबाट नेपाली कामदारहरू कोरिया पठाउँदै आएको छ । ठगिने जोखिम कम हुनु र उच्च आम्दानीका कारण नेपाली युवाहरु कोरिया जान लालाययित देखिएको वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ । 

नेपालबाट दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा पठाउन भाषा परीक्षाका लागि यस वर्षका लागि पुस २ देखि ६ गतेसम्म आवेदन माग गरिएको थियो । यो परिक्षामा यस अघि कोरियामै शिपबिल्डिङ (पानी जहाज निर्माण) मा जानका लागि भाषा परिक्षा दिएका तर फेल भएका परिक्षार्थीलाई सहभागी हुन विभागले रोक लगाएको थियो । 

तर, पनि भाषा परीक्षाका लागि निर्धारित समयभित्र एक लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । सोही परिक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै पानी जहाज निर्माणको भाषा परिक्षामा अनुत्तिर्ण भएकाहरु माग गरिरहेका थिए । तर, विभागले त्यसलाई अस्वीकार गरिरहेको थियो । परिक्षामा सामेल गराउनु पर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका १८ जनालाई परिक्षामा सामेल गराउने अदालतको आदेशपछि आफू पनि भाषा परिक्षामा सामेल हुन पाउनु पर्ने भन्दै शुक्रबार सयौं युवाहरु विभागको कोरिया शाखा घेराउ गर्न बालकुमारी पुगेका थिए ।   

रोजगारी माग्नेलाई गोली

प्रहरीको अधिक बल प्रयोगका कारण बालकुमारीमा २ युवकको ज्यान जानु र आधा दर्जनको संख्यामा युवाहरु घाइते भएसँगै बालकुमारी घटनालाई लिएर सरकार र प्रहरीको भूमिकामा गम्भिर प्रश्न उठेको छ ।

प्रहरी परिसर ललितपुरले भीड अनियन्त्रित भएपछि गोली चलाउनु परेको दाबी गरको छ । शुक्रबार अबेर एक प्रेश विज्ञप्ति जारी गर्दै परिसरले प्रहरीको गोली लागेर अछामका विरेन्द्र शाहको मृत्यु भएको स्वीकार गरेको छ । सामाजिक सञ्जालामा सार्वजनिक भएको अर्को एक दृश्यअनुसार प्रहरीले भीड नियन्त्रणका लागि गोली नै चलाएको देखिएको छ । आन्दोलनमा सहभागी एक युवकलाई प्रहरीले प्रहार गरेको गोली उनको मोबाइलमा लागेको दृश्य बाहिरिएको छ । 

बालकुमारीमा भएको झडपमा प्रहरीले अधिक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भइरहेका बेला नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले भने यस विषयमा थप अनुसन्धान जरुरी भएको बताउँछन् । ‘घटनाबारे थप छानबिन र अनुसन्धान गर्नुपर्ने देखिन्छ,’ उनले भने । प्रहरीकाअनुसार घटनामा ७ जना प्रहरी पनि घाइते भएका छन् । आन्दोलनमा सहभागी ७३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रोजगारीका लागि विदेशिन खोज्नेमाथि सरकारी दमन

कोरिया जाने प्रक्रिया एउटा पाटो भए पनि शुकबार बालकुमारीमा परिक्षा दिन पाउनु पर्छ भन्ने माग बोकेर आन्दोलनमा उत्रिएका युवाहरुको उद्देश्य कामका लागि विदेशिन पाउनु पर्ने भन्ने नै थियो । 

तर, भाषा परिक्षणमा आवेदन दिन नपाएपछि आक्रोशित बनेका युवाहरुमाथि प्रहरीले अत्याधिक बल प्रयोग गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । प्रहरीले अश्रूग्यास र हवाई फायर तथा मनपरी लाठी प्रहार गरेपछि भिड थप अनियन्त्रित भएको थियो । 

प्रहरीको दमनपछि मात्रै आक्रोशित युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । विदेशिन परिक्षा माग गरिरहेका युवाहरु माथिको आक्रमणलाई लिएर चौतर्फी आलोचना भएको छ । बालकुमारी घटनामा भीड नियन्त्रणका लागि प्रहरी परिस्थितिको मूल्याङ्कन गर्नबाट चुकेको पूर्व प्रहरी अधिकारीहरु नै बताउँछन् । नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल बालकुमारी घटनाको क्षति अकल्पिनिय र असाबधानीको कारण घटेको बताउँछन् । ‘भीड नियन्त्रण र सुरक्षाकालागि परिस्थितिको मूल्याङ्कन गर्नबाट फिल्डका खटेको प्रहरी चुक्दा घटना भएको हुनसक्छ,’ मल्ल भन्छन् ‘अहिलेकै परिस्थितिमा ज्यान जाने गरी घटना हुनुपर्ने अवस्था  नहुन पर्ने हो ।’ 

बालकुमारी घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि आपत्ति जनाएका छन् । रो्जगारी र कामका लागि देश भित्र वातावरण बनाउनबाट चुकेको सरकारले युवाहरुमाथि गोली बर्षाएको उनको आरोप छ । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....