काठमाडौँको फोहोर व्यवस्थापनमा बालेनले गर्न खाेजेको नयाँ काम के -के हो ? (भिडियो)

विष्णु ढुंगाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनको नयाँ कार्यविधि तयार गरेको छ । महानगरको सम्पूर्ण क्षेत्रको फोहोर संकलनको जिम्मेवारी आफैँले लिनेगरी महानगरको नगरसभाले यस सम्बन्धी कार्यविधि स्वीकृत गरेको हो ।

फोहोर वर्गिकरण गरेर स्रोतबाटै उत्पादन घटाउने, फोहोर व्यवस्थापनको शुल्क निजी क्षेत्रलाई उठाउन नदिने, फोहोर व्यवस्थापन गरेबापत जनाताले तिर्ने महसुल घटाउने र फोहोर स्थानान्तरणको निश्चित भुगोल छुट्टयाउने लगायतका परिस्कृत व्यवस्थासहित महानगरले नयाँ कार्यविधि बनाएको हो । 


कार्यपालिकाबाट स्वीकृत भएर प्रमाणिकरणको चरणमा रहेको नयाँ कार्यविधि जारी भएपछि फोहोर व्यवस्थापनको नयाँ नियम कार्यन्वयनमा आउने छ । 

महानगरका मेयर बालेन्द्र शाहका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्सालका अनुसार २०६९ मा बनाईएको अधुरो कार्यविधिलाई विस्थापन गर्न बनाइएको नयाँ कार्यविधिले काठमाडौँको फोहोर व्यवस्थापनको समस्यालाई दिर्घकालिन समाधान दिनेछ । 

नयाँ कार्यविधिले स्रोतबाटै फोहोर वर्गिकरणलाई कडाईका साथ कार्यान्वयन गराउने उनले दाबी गरे । 

यस्तो कार्यबाट व्यवस्थापन गर्न पर्ने फोहोरमै कमी आउने छ भने फोहोरका लागि जनताले तिर्नुपर्ने शुल्क नै न्युन हुनेछ । ‘नयाँ कार्यविधिले पहिला भन्दा फोहोरको मात्रा नै घट्ने छ भने यसबाट फोहोर व्यवस्थापनको चुनौती समेत घटेर जानेछ । फोहोरको वर्गिकरणको लाभ जनताले नै पाउने छन्,’ लम्सालले सिधाकुरासँग भने । 

हाल महानगरको १२ वटा वडाको फोहोर महानगरले र २० वटा वडाको फोहोर निजी क्षेत्रले शुल्क लिएर व्यवस्थापन गरिरहेका छन् । 

नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि अब महानगरको फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ भने स्थानान्तरण केन्द्रबाट डम्पिङ साइटसम्म पु¥याउन मात्रै निजी क्षेत्रलाई प्रतिस्पर्धाबाट संलग्न गराईनेछ । ‘उपभोक्ताबाट फोहोरको शुल्क अब निजी क्षेत्रबाट मनोमानी रुपमा लिने कार्यलाई निषेध गरिएको छ ,’ लम्सालले भने । फोहोर व्यवस्थापनमा अहिले उपभोक्ताले तिरेको महशुल बाहेक महानगरले थप ८० करोड हाराहारी वार्षिक रुपमा खर्चिदै आएको छ । निजी क्षेत्रका फोहोर व्यवस्थापकले उपभोक्ताबाट उठाउने रकमको कुनै हिसाब नै छैन । तर, अब नयाँ कार्यविधिपछि करिब डेढ अर्ब रुपैयाँ महानगरले  खर्च गरे जनताले फोहोर व्यवस्थापनमा कुनै शुल्क तिर्न नपर्ने अवस्था आउने देखिएको छ । 

‘जनतालाई फोहोर व्यवस्थापन गरेबापत पैसा नलिनेकी भन्ने बहस पनि महानगरमा भइरहेको छ, तर यो विशुद्ध राजनीतिक कुरा हो’ लम्सालले भने । 

फोहोर व्यवस्थापनका लागि महानगरमा ७ क्लस्टर

फोहोर संकलनका लागि महानगरले ७ वटा क्लस्टरमा महानगरलाई विभाजन गरेको छ । हरेक क्लस्टरमा एक तोकिएको वडामा फोहोर संकलन र स्थानान्तरणका लागि केन्द्र हुनेछ । महानगरका अनुसार टोल तथा घरहरुबाट उठाइने फोहोर क्लस्टर अनुसारको निश्चित केन्द्रमा पु¥याइएपछि व्यवस्थापन केन्द्रमा पठाइने महानगरको योजना छ । 

महानगरले वडा नम्बर १ देखि ७ सम्मको क्षेत्रफललाई क्लस्टर एक भनेको छ । यसको फोहोर स्थानान्तरणको सम्भावित केन्द्र वडा नम्बर ७ मा तोक्ने तयारी छ । वडा हरु १०, ११, २८, २९ र ३० लाई क्लस्टर २ भनिएको छ । यी वडाको फोहोर स्थानान्तरणको केन्द्र ११ वडा प्रस्ताव गरिएको छ । क्लस्टर ३ अन्तर्गत वडा नम्बर ६, ८ र ९ पर्नेछ । यहाँको फोहोर स्थानान्तरण केन्द्र वडा नम्बर ६ मा प्रस्ताव गरिएको छ । 

वडाहरु १६, १७ र २६ क्लस्टर ४ अन्तर्गत पर्नेछ । यसको स्थानान्तरण केन्द्र वडा नम्बर १६ मा प्रस्ताव गरिएको छ । क्लस्टर ५ मा वडाहरु १३, १४ र १५ पर्नेछन् । यो क्षेत्रको फोहोर स्थानान्तरण केन्द्र १४ मा रहने प्रस्ताव गरिएको छ । क्लस्टर ६ मा वडा ३१ र ३२ राखिएको छ । यहाँको फोहोर स्थानान्तरणको केन्द्र ३१ प्रस्ताव गरिएको छ । 

यस्तै क्लस्टर ७ मा वडा १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २६ पर्नेछ । यसको स्थानान्तरण केन्द्र हाल कायम रहेको वडा १२ मै रहनेछ । हरेक क्लस्टरको स्थानान्तरण केन्द्रबाट फोहोर डम्पिङ साइटमा पठाइनेछ । 

फोहोरमा निजी क्षेत्रको मनोमानी अन्त्य

अहिले महानगरभित्रको फोहोरको सबै भन्दा ठूलो हिस्सा निजी क्षेत्रबाट व्यवस्थापन भइरहेको छ । ३२ मध्ये १२ वडाको फोहोर मात्रै महानगरले उठाउँछ । अब भने सबै वडाको फोहोर महानगरले उठाउने कार्यविधिमा उल्लेख छ । जसका कारण फोहोर व्यवस्थापनको मनपरी शुल्क लिने परिपाटी अन्त्य हुनेछ । महानगर आफैँले शुल्क उठाएर वा निशुल्क नै जनताका घरको फोहोर उठाउन सक्ने कार्यविधिमा उल्लेख छ । 

महानगरको आफैँले संकलन गरेको फोहोर डम्पिङ साइट क्षेत्रमा ढुवानीका लागि मात्रै निजी क्षेत्रलाई ठेक्का प्रक्रियामार्फत सहभागी गराईने लम्सालले जानकारी दिए ।

फोहोरको शुल्क ४०० देखि ५० हजारसम्म 

नयाँ कार्यविधिसँगै महानगरले फोहार व्यवस्थापनका लागि नयाँ शुल्क पनि तय गरेको छ । पारित भइसकेको नयाँ शुल्क सार्वजनिक नभए पनि सिधाकुरालाई प्रस्तावित फोहोरको मासिक शुल्कको महानगरको प्रस्ताव उपलब्ध छ । 

जसअनुसार मासिक ४ सय रुपैयाँ न्यूनतम् रुपैयाँबाट सुरु भएर मासिक ५० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । यो निजी घरदेखि तारे होटलसम्मको फोहोर व्यवस्थापनको शुल्क हो । 

महानगरका अनुसार यो शुल्क हाल कायम निजी क्षेत्रले मासिक उठाइरहेको भन्दा न्यून हो । यद्यपी यसलाई निशुल्क गर्नेबारे पनि महानगरमा छलफल भइरहेको बताइएको छ । 

महानगरले घरको फोहोर घरमै व्यवस्थापन गर्ने उपभोक्तालाई मासिक शुल्कमा ३३ प्रतिशतसम्म सहुलियत दिएर कम मात्रामा फोहोर उत्पादन गर्न प्रोत्साहन गर्ने नीति कार्यविधिमा लिएको छ ।

महानगरले सामान्य ४ जनासम्म बस्ने घरको फोहोर व्यवस्थापनको शुल्क ४ सय रुपैयाँ न्यूनतम् प्रस्ताव गरेको छ । एक तला वा ४ कोठाभन्दा बढी भएमा प्रतिकोठा थप ५० रुपैयाँ शुल्क थपिन्छ भने एक परिवार भन्दा धेरै परिवार बस्ने घरमा प्रति भान्सा एक सय रुपैयाँ थप शुल्क लाग्छ । 

कस्मेटिक, पत्रिका, लत्ताकपडा, पसल आदि ब्यवसाय गर्नेका लागि १०० स्क्वायर फिटसम्म १५० रुपैयाँ मासिक शुल्क लाग्छ । किराना , खाद्यान्न, फेन्सी पसल  आदि व्यवसायका लागि १०० स्क्वायर फिटसम्म २ सय रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । यस्तै व्यवसाय तर १०० स्क्वायर फिट भन्दा ठुलो भएमा १५० देखि ३०० रुपैयाँसम्म शुल्क लाग्न सक्छ । चिया, कफि, केक तथा बेकरी पसल  ब्यवसाय गर्नेका लागि १०० स्क्वायर फिट भन्दा सानो भए १५० रुपैयाँ र यो भन्दा ठूलो भए २ सय रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । यस्तै, तारे होटललाई प्रतितारा १० हजार रुपैयाँबाट मासिक फोहोरको शुल्क लाग्न सक्छ । यस्तो शुल्कअनुसार पाँच तारे होटलले एक महिनामा फोहोर व्यवस्थापनको कम्तिमा ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुनसक्छ ।

काठमाडौं महानगरबाट मात्रै दैनिक ११ सय टन फोहोर उत्पादन हुने अनुमान छ । फोहोरमैला व्यवस्थापन संघ नेपालकाअनुसार काठमाडौँ उपत्यकामा भण्डै ४ दर्जन निजी क्षेत्रका कम्पनीहरुले फोहोरमैला व्यवस्थापन गर्दै आइरहेका छन् । उनीहरुको सामान्य घरहरुबाट न्यूनतम् ३ सय ५० रुपैयाँका दरले फोहोर व्यवस्थापनको शुल्क लिइरहेको दाबी गरेका छन् । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....