देश छोड्दिन भन्ने साथीलाई विमानस्थलबाट बिदाई

विष्णु ढुंगाना

काठमाडौँ । काँधमा चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा, गलामा केही थान खादा, एउटा कालो पछाडि भिर्ने झोला भिरेर सुटकेस गुडाएर देश छाड्दैछन् धनकुटाका आयुष खड्का । उनलाई बिदाई गर्न स्कुलका साथी प्रदीप विमानस्थल आए । परिवारबाट बिदाई भएर आएका साथीलाई उनले खादा लगाए र सोधे  ‘ हिँडेको तँ नि ?’ आयुषले भने ‘अँ हिँडेको ।’ 

‘हाम्रा साथीहरू सबै विदेश गए । त र म मात्रै बाँकी थियौँ त पनि हिँडिस् अब म एक्लै भएँ,’ प्रदीपले आयुषलाई भने । आयुष प्रवेशद्वारतर्फ अघि बढ्दै गर्दा प्रदीप पछिपछि जाँदै थप बोल्छन् ‘गाउँमा ४० भन्दा धेरै युवा विदेश हिँडे, अब मेला पात पर्व र अप्ठ्यारोमा पनि गाउँमा युवा छैनन् बिजोग छ । त नरोई जा है’ सुटकेस राखेको ट्रलीलाई त्यही छोडेर आयुष फरक्क फर्किएर दौडिदै आउँछन् र भक्कानिएर प्रदीपलाई अङ्गालो हाल्छन् । त्यसपछि उनी विमानस्थलको चेकजाँच कक्षतर्फ लाग्छन् ।


अहिले सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको यो छोटो भिडियोको घटना असार ३१ गते बिहान १० बजेको हो । धनकुटा महालक्ष्मी नगरपालिका ९ का आयुष जापानको राजधानी टोकियोका लागि उड्दै गर्दा दुई साथी बीच बिछोड अघिको संवादले एक पटक सबैका सामु देशको चित्र देखिएको छ । 

साथीलाई विमानस्थलमा भावुक बिदाई गरेका प्रदीपका अनुसार आयुष कहिल्यै विदेश नजाने भनेर योजना सुनाउँथे । ‘गाउँ र इटहरीमा ठिकै गरी बसिरहेको उ बरु काठमाडौँ आएर मसँगै थिएटर पढ्ने  र हिरो बन्ने योजना सुनाउँथ्यो,’ सिधाकुरासँग प्रदीपले भने, ‘तर, उ पनि एक्कासि देश छोड्ने निधोमा पुगेछ, गाउँ अब सुनो भयो म पनि एक्लो भएँ ।’ 

आयुष र प्रदीपको घर धनकुटाको गुराँस डाँडा गाउँ हो । मूर्ति महेश्वर माध्यमिक विद्यालय कल्चौर पढेका प्रदीप आयुष भन्दा उमेरले केही वर्ष जेठा छन् । तर, गाउँमा भएका थोरै युवाहरू मध्येका उनीहरु नजिकका साथी हुन् । 

प्रदीपका अनुसार आयुषको परिवारमा ३ भाइ छोरा र एक बहिनी छोरी छन् । जसमध्ये घरमा बसेको कान्छो छोरा आयुष पनि जापान उडे । उनका दुई जना दाजुहरु र दिदी पनि विदेशमै छन् । ‘अब उसको घरमा आमा र बुबा मात्रै हुनुहुन्छ । यो हाम्रो गाउँको दुःख हो । सबै परिवार युवाबिहिन छ गाउँमा तन्नेरीहरु नै छैनन् । ’

आयुषले एक्कासि बिदाई गर्न एयरपोर्ट बोलाएपछि आफू अचम्ममा परेको प्रदीप बताउँछन् । उ विदेश जान्छु भन्दा सुरुमा मैले पनि विश्वास गरिन तर भिडियो कलमा मलाई अघिल्लो दिन राती भिषा र टिकट देखायो । बिदाई गर्न बोलाए पछि खादा बोकेर बिमानस्थलको प्रस्थान हातामा पुगेको र आफू भावुक भएको उनले सिधाकुरालाई बताए । 

प्रदीपले अघिल्लो साता आफ्नो बुबा बिरामी भएको घटनाले पनि आयुषको बिदाई भावुक बनेको सम्झन्छन् । ‘गत साता मात्रै बुबा बिरामी भएको आमाले फोनमा भन्नु भयो । तत्काल अस्पताल लैजानु पर्ने भयो तर अस्पताल पु¥याइदेउ भन्न युवा कोही थिएनन्,’ प्रदीप भन्छन्, ‘गाउँका पाका काकाहरुले बुबालाई जसो तसो अस्पताल पुर्याउनु भयो ।’ 

अहिले प्रदीप पशुपतिनाथ क्षेत्रमा गाई पाल्ने संस्थामा काम गर्छन् । सडकमा फालिएका गाईगोरु संकलन र स्याहाँर गर्ने कामका अलवा उनी एक कला केन्द्रमा नाट्य कला पढ्दै पनि छन् ।धनकुटा महालक्ष्मी नगरपालिका ९ का वडा अध्यक्ष टेकबहादुर थापा प्रदीप र आयुषको विमानस्थलको कहानी सत्य घटनामा आधारित भएको बताउँछन् । 

पछिल्लो समय विदेश जानु अनिवार्य जस्तै भएको भन्दै उनले यस्तो संस्कारले समाजको थिती नै बिग्रिएको उनको भनाई छ । ‘कुनै बेला गाउँ युवाहरुले भरिएका हुन्थे । गाउँ हराभरा थियो,’ वडा अध्यक्ष थापा भन्छन् ‘तर अहिले गाउँ रित्तो छ, मेला पर्व, धार्मिक र सांस्कृतिक कार्यक्रम युवा बिहिन छन् । अस्पताल जान साथी र घाट जान मलामी पनि छैनन् ।’यो देशैभरको जटिल समस्या भएको भन्दै वडा अध्यक्ष थापा सबैलाई सचेत हुन र सोही अनुसारको युवा मैत्री नीति र व्यवस्थाको लागि केन्द्र सरकारलाई आग्रह गर्छन् ।    

आयुष त एक प्रतिनिधि पात्र मात्रै हुन् ।  वैदेशिक रोजगार विभागकाअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै सात लाख ४१ हजार ३०२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा उनीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । सो तथ्याङ्कअनुसार दैनिक औसतमा दुई हजार ३० जनाभन्दा बढी युवाले रोजगारीको खोजीमा देश छोडिरहेको देखिएको छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....