नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना

काठमाडौँ । एउटा यस्तो क्रूर दानवरूपी मानव जो ढलानमा ड्रिल गर्ने मेसिन मान्छेको शरीरमा चलाउँछ, स्नुकर खेल्ने पाइप मलद्वारमा घुसाइदिन्छ, त्यसपछि मलद्वारमा भिक्सको झोल हालिदिन्छ, युवकको अण्डकोष पिलासले च्यापिदिन्छ, नाङ्गो शरीरमा रातो पारेर तताएको आइरनले डामिदिन्छ, औँलाको नङमा दर्जनौँ सियोले खोपिदिन्छ । 


आफूमाथि यो सबै ज्यादती भइरहेको एउटा सामान्य मानवले के गर्ला ? उ चिच्याउँछ, आफूमाथि यस्तो नगर्न भन्छ, ज्यानको भिख माग्छ, उ कहालिन्, रुन्छ, कराउँछ । तर त्यो ज्यादती गर्ने मान्छेलाई त्यो चित्कारले छुनु त परेको कुरा उसको अनुहारमा मुस्कान आउँछ । पीडामा छटपटिएको व्यक्ति देख्दा उसलाई मज्जा आउँछ । उसले त्यो मोमेन्टलाई इन्जोए गर्छ । उसलाई थप पीडा दिन मन लाग्छ र अगाडिका सबै यातना पुनः दोहोर्‍याउँछ । उ जबसम्म तृप्त हुँदैन यसो गरिरहन्छ । अझ भिडियो पनि खिच्छ ।

सोमबार एक २१ वर्षका कुल बहादुर (नाम परिवर्तन) सिधाकुराको कार्यालयमा आए । उनले हामीलाई आफूमाथि काठमाडौँको बुढानीलकण्ठ नगरपालिका १ मा बस्ने आशिष देउला नाम गरेका व्यक्तिले क्रूर यातना दिएको बताए । ‘मलाई एक घरमा राखेर आइरनले दर्जनौँ पटक डामियो । मेरो नङमा ३/४ ओटा सियो कोपियो । म चिच्याउँदा उसले हाँसेर इन्जोए गर्यो ।’

हामीले तपाईंमाथि कसैले किन यस्तो गर्यो भनेर प्रश्न गर्यौं । उनले भने ‘थाहा छैन ।’ 

कुनै व्यक्तिले बिना कुनै कारण कसैलाई यति ठूलो शारीरिक पीडा किन दिन्छ ? हामीलाई ति युवकको कुरामा विश्वास लागेन । त्यसपछि उनले आफ्नो सर्ट उतारे र आफ्नो ढाडमा भएको आइरनले पोलेर खाटा बस्दै गरेको घाउ देखाए । 

उनको शरीरमा भएको घाउ निकै दर्दनाक छ । त्यसपछि हामीले उनले भनेका कुरा विश्वास नगर्न सकेनौँ । 

त्यसपछि हामीले कुलबहादुरकाे आशिषसँग भेट कसरी भयाे भन्नेबारे बुझ्ने प्रयत्न गर्यौँ  । 

हाम्राे जिज्ञासापछि २१ वर्षीय कुलबहादुरले आफू बेला मौकामा साथीहरुसँग नाइट क्लब जाने गरेको बताए । करिब ३ महिनाअघि उनी साथीहरूसँग ठमेलको सेनेट क्लब गएका थिए । कुलबहादुर र साथीहरू आफ्नै तरिकाले रमाइलो गरिरहेका थिए । सोही क्रममा आशिष उनीहरु भएको ठाउँमा आए । कुलबहादुरका अनुसार उनका साथीको आशिषसँग चिनजान थियो । 

आशिषले उनीहरुसँग निकै आत्मिय व्यवहार देखाए । साथीसँग चिनजान भएको हुनाले कुलबहादुरले पनि उनले देखाएको आत्मियतालाई सामान्य रुपमा नै लिए । त्यसपछि उनीहरु सेनेट क्लब पुग्दा हरेक पटक आशिष सोही क्लबमै हुन्थे । आशिषले पहिलेभन्दा झन् बढी माया गरेजस्तो गर्थे । 

गत भदौ ७ गते आफूसँग सापटी रकम लगेका एक साथीले कुलबहादुरलाई रकम लिन टेकु दोभान बोलाए । साँझको समयमा उनी टेकु पुगे । तर, त्यहाँ उनलाई ४/५ जनाले गाडीमा हालेर एउटा अँध्यारो घरमा पुर्याए । त्यहाँ आशिष देउला पनि थिए । उनलाई त्यहाँ लछारपछार पारेर उनको कपडा च्यातियो । कुटपिट गरियो । 

त्यसपछि आशिष आइरन तताउन थाले । एकछिनमा आइरन तात्यो । उनले ढलान काट्ने ड्रिल मेसिन पनि ल्याए । 

यतिबेलासम्म कुलबहादुरले के भइरहेको छ बुझ्न सकेका थिएनन् । आशिषले केही औषधि सेवन गरे । अनी कुलबहादुरलाई सोधे 'ड्रिल गरौँ कि आइरनले डामौँ ।' कुलबहादुर रोए, कराए, चिच्याए, ज्यानको भिख मागे । उनले आइरन र ड्रिलमध्ये एउटा नरोजी सुख पाएनन् । उनले आइरनले चाँही मरिन्न होला भनेर आइरन रोजे । त्यसपछि उनको नाङ्गो ढाडमा पटक पटक आइरनले डामियो ।  

सो समयमा आशिषसँग उनका केही अरु साथीहरू पनि थिए । उनीहरु सबैले कुलबहादुर पीडामा भएको क्षणको मनोरञ्जन लिए । 

उनीहरुले कुलबहादुरलाई 'प्रहरीकहाँ गइस् भने परिवारकै ज्यान लिने धम्की' दिए । साथै उनीहरुले एउटा भिडियो पनि देखाए । कुलबहादुरले बताए अनुसार उक्त भिडियोमा उनीजस्तै एक युवाको आँखा झिकिएको दृश्य थियो । ‘प्रहरीमा गए त्यस्तै हालत गरिदिने धम्की उनीहरुले दिए’ कुलबहादुरले भने ‘भिडियोमा देखिएका ति युवाले आशिषविरुद्ध प्रहरीमा उजुरी गरेपछि उनको त्यस्तो हालत पारिएको थियो। ’ 

उनको सबै कुरा सुनेपछि हामीले नै मंगलबार उनलाई भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा लिएर गयौँ । काठमाडौँ प्रहरी प्रमुख वशन्त रजौरेलाई सबै कुरा बतायौँ । उनले तत्काल यस विषयमा विशेष एक्सन लिए । सादा पोशाकका प्रहरीले अशिष सहित ४ जनालाई उनीहरु बसिरहेको स्थानबाट पक्राउ गर्यो । 

पक्राउ पर्नेमा बुढानिलकण्ठका ३३ वर्षीय आशिष देउला, टोखा ३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको गाइघाट घर भई ठमेल बस्ने २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भई स्वयम्भु बस्ने २२ वर्षीय साजन गुरुङ रहेका छन् । 

उनीहरु विरुद्ध अपहरण, शरिरबन्धक तथा ज्यान मार्ने मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीले यस्तै अपराधमा पीडित भएकाहरुलाई सम्पर्कमा आउन आह्वान समेत गरेको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....