निजी ल फर्ममा धितोपत्र ऐनको मस्यौदा तयार !

विष्णु ढुंगाना

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा पेश गरेको धितोपत्र ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनको मस्यौदाबारे विवाद उत्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय सुमना श्रेष्ठ र सोविता गौतमले बुधबारको प्रतिनिधिसभा बैठकमा विधेयकको मस्यौदा निजी फर्ममा बनाएर पेश गरिएको आरोप लगाए ।

विधेयकको मेटाडेटामा एक निजी फर्मको नाम देखिएको भन्दै पूर्व शिक्षामन्त्रीसमेत रहेकी सांसद श्रेष्ठले यो विषयमा सरकारले स्पष्ट पार्नु पर्ने बताइन् । ‘कुनै पनि निजी ल फर्मले नेपालको कानुन बनाउन भूमिका खेल्न सक्छ कि सक्दैन ? के सरकारले यो काम आउटसोर्स गरेको हो ? हो भने किन गरेको ? कुन दायरामा बसेर ?’ उनले प्रश्न गरेकी छिन् ‘के मन्त्रालयसँग विज्ञता नभएकाले या कुनै अन्य कारणले ?’

उनले सरकारले विधेयकको मस्यौदा बनाउन आउटसोर्स गरेको हो भने आवश्यक कागजात उपलब्ध हुनु पर्ने माग गरिन् । ‘एउटा अमुक ल फर्मले बनाएको नेपालको कानुनमा प्राइभेट कम्पनीका लागि कुनै लुपहोल नभएको भनेर कसरी विश्वस्त हुने ?’ उनले सरकारसँग जवाफ माग गरिन् । संसदमा दुई जना सांसदले विधेयकको प्राविधिक पाटोको तथ्यमा टेकेर विधेयकको मस्यौदा स्वार्थपूर्ण रहेको हुनसक्ने भनेपछि सिधाकुराले यो विधेयकको मस्यौदा कसरी बनेको थियो पनि खोजी गरेको थियो । जसमा एमालेका दिवंगत नेता सुवास नेम्वाङको ल फर्म पायोनियरएसोसियट्सको नाम जोडिन पुगेको पाइएको छ ।  

कसरी संसद पुग्यो यो विधयक

२०८१ साउन ३२ गते उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले उक्त ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएका थिए । त्यसै दिन सबै सांसदहरूलाई वितरण गरिएको उक्त विधेयक भदौ ६ गते अर्थमन्त्रीले प्रतिनिधि सभामा पेश गरेका थिए । त्यसैमाथि मङ्गलबारबाट छलफल सुरु भएको छ । त्यसो त यो मस्यौदा अहिलेको नयाँ सरकारको पालामा बनेको भने होइन । प्रचण्ड नेतृत्वको सरकारले २०८१ असार १७ गते बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकको संशोधन मन्त्रिपरिषद्बाट स्वीकृत गरेको थियो । यसको अर्थ एमाले, माओवादी र रास्वपा सरकारमा रहँदै यो विधेयकको मस्यौदा सुरु भएको हो । 

अर्थ मन्त्रालयका अनुसार नयाँ सरकार गठन भए लगत्तै यो विधेयक संसदमा पेश भएको हो । नयाँ सरकार गठन लगत्तै कर्मचारी प्रशासनमा ठूलो हेरफेर भएका कारण यो विधेयक कसरी बन्यो भन्ने ठ्याक्कै यकिन गर्न नसकिएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, विधेयक बनाउने प्रक्रियाअनुसार सामान्यतय मातहतका सम्बन्धित कार्यलयहरुबाट संशोधनको विषय लिइन्छ र मन्त्रालयले मस्यौदा तयार गर्छ । त्यसपछि  कानुन मन्त्रालयबाट राय लिएर मन्त्रिपरिषदमा पेश गरिन्छ । त्यहाँबाट स्वीकृत भएपछि विषय विज्ञको रुपमा आवश्यक परे नेपाल कानुन आयोगको परामर्शमा विधेयक तयार गरिने र संसदमा पेश गरिने प्रचलन हुने एक अधिकारी बताउँछन् ।

‘विधेयकको मस्यौदा कुनै निजी कम्पनीले गर्न पाउँदैन । यो मन्त्रालयले नै तयार गर्ने हो,’ मन्त्रालयका एक उच्च अधिकारी भन्छन्,‘विषय विज्ञता र थप विशेष केही परे कानुन मन्त्रालय र कानुन आयोगबाट सहयोग लिने हो । उहाँहरुले बाहिरबाट आवश्यक गरे सहायता लिने हो यस्तो अवस्थामा पनि विधेयकको फाइल कुनै निजी ल फर्ममा भने पुग्दैन ।’
ति अधिकारीकाअनुसार यो विधेयकका सन्दर्भमा अझै बुझ्ने प्रयास भइरहेका कारण अहिल्यै के भयो भन्न सकिने अवस्था छैन् । अर्थ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता महेश भट्टराईले विधेयकको मस्यौदा मन्त्रालयमै बनेकोमा शंका नगर्न आग्रह गर्छन् । ‘मन्त्रालयबाहिर विधेयकको मस्यौदा भयो भन्ने प्रक्रियागत अवस्था नै रहदैँन,’ उनले भने,‘बाहिर कुरा उठे जस्तो नहुनु पर्ने हो ।’

विधेयकमा के छ महत्वपूर्ण ?

हजारौँ लगानीकर्ताहरुको पुँजीको संरक्षण गर्ने निकायको रुपमा रहेका धितो पत्र बोर्डको कानुन संशोधन आफैमा महत्वपूर्ण छ । प्रस्तुत विधेयकको मस्यौदामा पनि केन्द्रीय निक्षेप सेवा सञ्चालन, आइपीओ निवेदन जाँचबुझ, केन्द्रीय निक्षेप सेवा सञ्चालनमा अनुमतिपत्रको अवधि, नवीकरणसम्बन्धी व्यवस्था जस विषय संशोधन गर्न खोजिएको छ । शेयर दलालले मार्जिन कारोबार दिन सक्ने, प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालन अनुमति र सेयर बजारमा हुने भित्री कारोबारमा सजायँ बृद्धि लगायतका विषय प्रस्ताव गरिएको छ ।

के भन्छन कानुन मन्त्रालय 

बुधबार संसदमा उठेको सो प्रकरणबारे कानुन मन्त्रालय भने अनविज्ञ छ । मन्त्रायकी सहसचिव एवम् प्रवक्ता निर्मला अधिकारी भट्टराईले सो प्रकरणबारे अनविज्ञता प्रकट गरिन् । ‘मैले यो विषयमा अध्ययन नगरी भन्न सक्दिन । मैलाई केही समय दिनुस् ।’ यता विधेयकको मेटाडेटामा नाम देखिएको पायोनियर एसोसिएट्सले भने घुमाउरो तरिकाबाट सो विधेयकमा आफुहरुको मेहनत रहेको स्वीकार गरेको छ । 

एमालेका दिवंगत नेता सुवास नेम्वाङले स्थापना गरेको सो ल फर्म व्यवसायिक कानुनहरु निर्माण र अभ्यासको सन्दर्भमा उत्कृष्ट रहेको र सरकारी निकायहरुलाई सहयोग गर्ने गरेको सो फर्मका अधिवक्ता रत्न खरेलले बताए । यो फर्ममा नेम्वाङ परिवारको व्यवसायिक हिस्साबारे सोधिएको प्रश्नमा उनले कम्पनी मोडलको फर्म भएका कारण स्वभाविक हिस्सेदारी रहेको उल्लेख गरे । धितोपत्र विधेयकको संशोधन यसै फर्मले गरेको हो भन्ने प्रश्नमा भने उनले यो विषयमा आफूहरु नभई कानुन मन्त्रालय सबै जवाफ दिने बताए । ‘यो विषय कानुन मन्त्रालयको हो,’ अधिवक्ता खरेलले भने,‘हामी यसमा जवाफ देही छैनौँ ।’

महत्वपूर्ण कानुनको मस्यौदा निजी फर्ममा बनेको भन्ने विवाद संसदमा सार्वजनिक हुने वित्तिक्कै संसदको अभिलेखमा अपलोड भएको उक्त विधेयकको फाइलको मेटाडेटाबाट पायोनियरको नाम सच्याइएको छ । यस अघि पोयोनियर ल एशोसिएट्स रहेको उक्त नाममा अहिले डेल रहेको संसदमा कुरा उठाएकी रास्वपा सांसद सुमना श्रेष्ठले सार्वजनिक गरेकी छिन् । 


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....