इलाममा कांग्रेस र एमालेलाई रास्वपा ‘थ्रेट’ !

गाेपाल निराैला
इलाम । इलाम २ मा हुने उपनिर्वाचनका लागि एमालेले सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेद्वार घोषणा गरेसँगै मिसन इलाम सुरु भएको छ ।


नेपाली कांग्रेसले उम्मेदवार टुङ्गाउने चरणमा छ । नेकपा माओवादीले पनि आफ्नै उम्मेदवार बनाउने भने पनि टुंगो लगाएको छैन । नेकपा एमाले र रास्वपाले युवा उम्मेदवार उठाएर इलाम २ को राजनीति नयाँ पुस्तामा तानेका छन् भने कांग्रेस आफ्ना पाका नेताहरूको व्यवस्थापनमा अल्झिएको छ । अब वैशाख १५ गते  हुन गइरहेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन नयाँ र पुराना दलका लागि प्रतिष्ठाको विषय बनेको छ । 

विगतमा कांग्रेस र एमालेबिच मात्र प्रतिष्पर्धा हुँदै आएको यो क्षेत्रमा वैशाख १५ हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दरिलो उम्मेदवारीसँग ठूला दल झस्किएका छन् । 
गत निर्वाचनबाट उदाएको रास्वपा अहिले इलाममा पुराना र ठूला दलका लागि बलियो चुनौती बन्ने स्थानीहरू नै बताउँछन् । पुराना दलको आधार इलाका भत्काउने कसरतमा रास्वपा रहँदा ठूला दल जसरी पनि उसलाई रोक्ने रणनीतिमा छन् ।

इलाम २ को राजनीतिक पृष्ठभूमि
२०५६ सालदेखि निरन्तर एमालेले चुनाव जित्दै आएको यो इलाका नेपाली कांग्रेसको पकड क्षेत्र पनि हो । २३ वर्षदेखि लगातार चुनाव जित्दै आएका एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङले २०७९ साल मङ्सिरको निर्वाचनमा कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ११४ मतले मात्र हराएका थिए ।वैशाख १५ को उपनिर्वाचनमा भने स्वर्गीय नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङ चुनावी मैदानमा उत्रिएका छन् । 

३१ वर्षीय सुहाङ नेम्वाङ राजनीतिका आदर्श सुवास नेम्वाङका छोरा भएपनि उनी यस अघि राजनीतिमा थिएनन् । पेशाले अधिवक्ता समेत रहेका उनी अध्ययन तथा रोजगारीका लागि अष्ट्रेलिया पुगेका थिए । यसअघि फुटबल क्लब र आफ्नै ल फर्म चलाइसकेका सुहाङ बुवाको निधन भएपछि बाबुको पदचापमा टेकेर राजनीतिमा होमिएका छन् । 

स्वभावत बाबुसँग मिल्ने सुहाङ राजनीतिकरूपमा बाबुले ५ पटक सम्म चुनाव जितेको लिगेसी सम्हाल्न सक्छन् कि सक्दैनन्, भविष्यले देखाउने छ तर अहिलेको चुनाव भने उनका लागि फलामको चिउरा चपाउन जस्तै बन्ने देखिन्छ । 

एमालेले उम्मेदवार बनाएसँगै सुहाङ चुनावका तयारीका लागि इलाममा खटिएका छन् । उनले बाबुको सपना पुरा गर्नका लागि आफु राजनीतिमा होमिएको बताउँदै आएका छन् । 

नेम्वाङको सहानुभूतिले भोट पाउन सक्ने भन्दै एमाले अध्यक्ष ओलीले सुहाङलाई टिकट दिएपछि जिल्लामा लामो समयदेखि राजनीति गर्दै आएका अधिकांश एमालेका कार्यकर्ता रुष्ट छन् । यतिमात्र हैन प्रदेश नामाकरणमा एमालेले धोका दिएको भन्ने पहिचानवादीको आरोप पनि यो उपचुनावमा उनले खेप्नुपर्नेछ । यो चुनावमा एमालेका रुष्ट कार्यकर्ताबाट नै सुहाङलाई असहयोग हुने खतरा देखिन्छ ।


‘यत्तिका समय एमालेले एकछत्र राज गरेको इलाम २ मा स्वर्गीय सुवास नेम्वाङका छोरा उम्मेदवार बनेर आउनुभएको छ । जुन हामीलाई स्विकार्य छैन ।’, एमाले कार्यकर्तासमेत रहेका स्थानीय अर्जुन खनाल भन्छन्, ‘२५ वर्ष बढि पदमा हुँदासम्म त केही भएन, उनका उत्तराधिकारीले कसरी विकास गर्छन भनेर हामी पत्याउने ?’

पार्टीभित्रको आन्तरिक किचलो र अन्य दलसँग गठबन्धन नभएकोले गर्दा यो उपचुनाव जित्न कांग्रेसलाई पनि त्यति सहज छैन । विगतमा गठबन्धको सहयोगमा एमालेका स्वर्गीय नेम्वाङसँग झिनो मतान्तरले हारेका डम्बर खड्का आगामी चुनावमा पनि उम्मेदवार बन्ने दौडमा छन् । कांग्रेसबाट खड्कासहित भेषराज आचार्य, केशव थापा र नेगेन्द्र कुमाल टिकटका आकांक्षी हुन् ।शेरबहादुर देउवा र शेखर कोइरालाको गुटको मारमा थलिएको कांग्रेसलाई पार्टीबाटै असहयोग हुने देखिन्छ । सत्ता समीकरणको फेरबदल पनि कांग्रेसलाई टाउको दुखाई बनेको छ । पार्टी एक ढिक्का नभएमा असन्तुष्ट समूहको भोट रास्वपामा जाने खतरा पनि उत्तिकै छ ।

मंसिर ४ को निर्वाचनमा काठमाडौ, चितवन लगायतका क्षेत्रबाट सहजै जित निकालेको रास्वपालाई इलामका मतदाताले कसरी हेर्छन् त्यो भने बैशाख १५ को उपचुनावसम्म पर्खनुपर्ने हुन्छ । भर्खरै स्थापना भएको रास्वपाले इलाममा पत्रकार पृष्ठभूमि भएका र पहिचान पक्षधर मिलन लिम्बुलाई उम्मेदवार बनाएर नेकपा एमाले र कांग्रेसको इलाकामा धमका मच्याउन चाल चालेको छ । यसअघि आफूलाई स्वतन्त्र अकबरे उम्मेदवार बताउँदै आएका मिलन अब रास्वपाका उम्मेदवार बनेका छन् ।


पत्रकारितामा १५ वर्ष बिताएका ३२ वर्षीय मिलन इलाम–२ का स्थायी बासिन्दा हुन्। किसान परिवारका मिलन यसअघि माओवादी निकट रहेर पत्रकारिता गर्दै आएका थिए ।  त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका मिलन आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय महासचिव समेत हुन उनी। केही साताअघि स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उनले आफूले इलामका स्थानीय उत्पादनलाई ‘ब्रान्डिङ’ गर्ने बताएका थिए। उनले आफूलाई ‘अकबरे उम्मेदवार’ समेत भनेका थिए।

मैदानमा आम युवामाझ रास्वपाप्रतिको आकर्षण बढ्दो देखिएको स्थानीय नै बताउँछन् । उम्मेदवार टुङ्गाउनका लागि प्राइमरी इलेक्सन गर्ने भने पनि इलेक्सन गर्नुपूर्वनै सहमतिमै उम्मेदवार टुङ्गाएर आशातीत सुरुवात गरिसकेको छ । 

रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल राई ,जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बू र डा शेषरमण न्यौपाने इच्छुक देखिएपनि बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत मिलन लिम्बुलाई उम्मेदवार टुङ्ग्याएको छ । 

केहीदिन अघि इलाम आएर रास्वपाका केन्द्रिय नेताहरुले ६ वटा पालिकाका मतदाताहरूसँग उम्मेदवार छनौटका लागि छलफल समेत गरेका थिए । लामो समयदेखि इलामबाट चुनाव जितेर पनि कांग्रेस र एमालेका नेताले काम गर्न नसकेको यहाँका मतदाताको गुनासो छ । पुराना पार्टी प्रतिको निराशा र नयाँ राजनीतिप्रति आशाको भोट मिलनलाई जाने देखिन्छ। 

इलामको क्षेत्र नम्बर २ मा  वडा नम्बर १० बाहेक इलाम नगरपालिका, माई नगरपालिकाको वडा नम्बर ६, ७ र ८, चुलाचुली, माङ्सेबुङ र फाकफोकथुम गाउँपालिका साथै देउमाई नगरपालिका पर्छ । नेकपा एस ,माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न स्वतन्त्र उम्मेदवारहरू समेत यो उपनिर्वाचनको तयारीमा लागेका छन् ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....