सांसदकी घरकी बालश्रमिकको बयान ‘सांसदले पाइपको लट्ठीले कुट्थिन्’

युवराज कँडेल

काठमाडौँ । बालबालिका विरुद्ध हुने हिंसा र श्रम शोषण विरुद्ध पछिल्लो एक महिना देखि काठमाडौं महानगरले विशेष अपरेसन चलाईरहेको छ । 
महानगरका मेयर बालेन्द्र शाह ( बालेन ) को विशेष सक्रियतामा सुरु भएको यस्तो अभियानमा ३१ जना स्वयम् सेवक परिचालित भएका छन् । शहरका सम्भावित बाल श्रमिक क्षेत्रको पहिचान गर्ने, बाल श्रमिक प्रयोगको सूक्ष्म अनुसन्धान गर्ने र रेकी गरेर महानगर प्रहरी बल मार्फत उद्धार गर्ने जिम्मेवारीसाथ स्वयंसेवक परिचालित भएका छन् । 


महानगरका स्वयंसेवक टोल टोलका क्लब, विद्यालयमा पुग्छन् र क्लास लिएर बालबालिका माथि हुने हिंसा र श्रम शोषणबारेको सूचना महानगरलाई दिन आग्रह गदै हटलाइन नम्बर टिपाउँछन् । आफू माथि भएको हिंसा बारे प्रष्ट बोल्न र मेयर शाहले जसरी पनि उद्धार गर्ने कुराको विश्वास दिलाउँछन् । यसरी परिचालन भएका  स्वयंसेवकको कामका कारण अहिले महानगरलाई हरेक दिन उद्धारका लागि हिंसामा परेका बालबालिकाको फोन आइरहेको छ । यही सिलसिलामा गत शुक्रबार काठमाडौंको बालुवाटार ठेगाना बताउने एक बालिकाको फोन हटलाइन नम्बरमा बज्यो । 


‘म बालुवाटारको एक घरमा श्रम र शारीरिक शोषण खेपेर बस्न बाध्य छु । म नाबालिग हुँ मेरो उद्धार गरिदिनुहोस्,’ हटलाइनको फोन उठाउने महानगरका एक अधिकारीले बालिकाको भनाई उदृत गर्दै भने, ‘नेताकै घरमा रहेको बताउने बालश्रमिकबाट फोन आएपछि उनीकाे फोन र लोकेसन तुरुन्तै पछ्यायौँ ।’

स्थानीय वडाका जनप्रतिनिधिसहित जब महानगरको टोली बालिकाले हटलाइनमा टिपाएको लोकेसनमा पुगे उनीहरु अचम्मित भए । ‘हामी त सामान्य घरमा होला भनेर पुगेका थियौँ तर यो घर त प्रदेश सांसदको रहेछ,’ ति अधिकारीले भने । महानगरलाई सूचना आएको घर लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्माको थियो । 
महानगरका अधिकारी उद्धारका लागि प्रहरीसहित घरमा पुगेपछि बालिकाले नै ढोका खोलिन । सांसद शर्मा घरमा थिइनन् । 



बालिकाको उद्धारका लागि घरमूली खोजी भयो । सुरुमा भाडामा बस्नेले महानगर र प्रहरीको टोलीलाई सघाएनन् । कसै गरी पनि सहयोग नभए बल प्रयोग गर्ने भनेपछि उनीहरुले सांसद शर्मालाई फोन लगाए । सांसद शर्माले फोनमा आफूमाथि शत्रु लागेको भन्दै भाडामा बस्नेलाई महानगरका प्रहरीलाई सघाउन भनिन् । 

त्यसपछि प्रहरीले स्थानीय वडाका प्रतिनिधि र छिमेकी तथा घरभाडामा बस्नेका सामुन्नेमा आफूमाथि पटक पटक घरमूली सांसदबाट यातना दिइएको बताइन् । ‘घरमूली सांसद शर्माले मलाई पाइपको लट्ठीले पटक पटक पिट्नु हुन्थ्यो’ बालिकाले बयानमा भनेकी छिन् । आफूलाई घर परिवारसँग बोल्न पनि नदिएको उनले खुलाएकी छिन् ।   
बालबालिकाको संरक्षण गर्ने कानुन बनाउने दायित्व बोकेकी सांसदकै घरमा बसेकी बालिकाले उद्धार मागेपछि महानगरको टोली घर भित्र छिरेर उनी बस्ने ठाउँको मुचुल्का गरेर बालिकाको उद्धार गरेको थियो । 



‘सांसदकै घरमै श्रम शोषण देखि शारीरिक शोषण पनि भोगेको उनले बताएकी छिन्,’ महानगर स्रोत भन्छ, ‘अहिले हामीले हाम्रो सेफ हाउसमा राखेर मनोपरामर्श दिइरहेका छौँ ।’  बालिकालाई उद्धार गरेर लगेपछि महानगरले सांसद शर्मा विरुद्ध कानुनी प्रक्रिया अघि बढाएको छ । उद्धार गरिएकी बालिकाको बयानका आधारमा शर्मा विरुद्ध बालबालिका सम्बन्धी अपराध गरेको कसुरमा काठमाडौँ प्रहरी परिसरमा बुधबार जाहेरी दर्ता भएको छ । 

लुम्बिनी प्रदेश सभा सदस्य रेखा कुमारी शर्मा

शर्माले काठमाडौँस्थित घरमा एक १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको जाहेरीमा उल्लेख छ । सांसद शर्मामाथि बालिकामाथि  कुटपिटको कसुरमा जाहेरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । सांसद शर्मा एमालेबाट निर्वाचित दाङकी प्रदेश सभा सदस्य हुन् । प्रहरीमा जाहेरी दर्ता भएसँगै उनी मोबाइल अफ गरेर फरार छिन् ।   

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....